☰ open Loading... 18 May 2024|  

“सङ्गीत मेरो जीवन हो”
  | १५ पुष २०७३, शुक्रबार १७:००

सुर्खेत । रेडीयाे आरजेकाे रूपमा परिचित खेमराज वली गायकको रुपमा पनि परिचित हुन थालेका छन् । चर्चित लोकगायिका पुर्णकला बिसीसंग पहिलो लोकदोहोरी गीत “धेरै पछि फेरि तिम्रो याद आयो सानु’ रेकर्ड गरेपछि भिडियोसहित सार्वजनिक भएका वली त्यसपछि गायकको रुपमा परिचित हुन थालेका हुन् ।

oli

यसअघि “अहिलेको दशै तिहारमा’ र “आँसु धारा झर्छ’ जस्ता लोकगितमा स्वर दिएका उनले क्रमश नयां गित रेर्कडिङको तयारीमा रहेका बताएका छन् ।

‘यतिबेला गीतको शब्द लेख्दैछ’ उनले भने ‘संगित गरेर रेर्कड गर्छु, सङ्गीत मेरो जीवन हो ।’

अाफ्नाे सानै देखी गायक हुने लक्ष्य भएकाे बताएका उनले नेपाली मौलिकता र साँस्कृतिकै प्रतिविम्वका रुपमा आफुले नेपाली लोकदोहोरी गीतमा लागेको दावी गरे ।

‘लोकगित भनेको हरेक नेपालीको हृदय छुने हुनुपर्छ’ उनले भने ‘पछिल्लो समय लोकगितमा केहि विकृति देखीएको छ ।’

दैलेख जिल्लाको पिलाडि गाविस—९  मा जन्मेका वलीले पाचं बर्ष स्थानिय सामुदायीक रेडियोमा काम गरेका थिए । पछिल्लो समय उनी गीतसंगितमै ब्यस्त रहेका छन् ।