☰ open Loading... 20 April 2024|  

लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट
  | १६ पुष २०७३, शनिबार १३:१३

दैलेख । जिल्ला अदालत दैलेखले पाँच महिनाको अवधिमा लक्ष्य भन्दा बढि मुद्दा फछ्र्यौट गरेको छ । गत श्रावणदेखि मंसिरसम्म गरिएका बिभिन्न गतिविधिहरुको सार्वजनिक गर्दै दैलेख जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितले तोकिएको लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरिएको जानकारी दिएका हुन् ।

विगत पाँच महिनाभित्र ४६ वटा मुद्दा फछ्र्यौट गर्ने कार्ययोजनामा ५५ वटा मुद्दा फछ्र्यौट भएको श्रेस्तेदार रमेश श्रेष्ठले बताए । निरन्तर सुनुवाइका मुद्दाहरु अन्तरगत जवरजस्ती करणीको मुद्दा दर्ता भएको १८ दिनभित्रै फैसला सुनाएको जनाईएको छ ।

जिल्ला अदालत दैलेखमा आउने बिभिन्न प्रकृतिका मुद्धा मध्ये ९७ वटा आएकोमा मंसिरसम्म ५५ वटा फछ्र्यौट भएको श्रेस्तेदार श्रेष्ठले बताए ।

थुनुवाका ७ मुद्दामा ४ वटा, प्राथमिकता प्राप्त १५ मुद्धा मध्ये ९ वटा, साना प्रकृतिका ५० मध्ये २० वटा र अन्य मुद्दाहरु २५ वटा मध्ये २२ वटा फछ्र्यौट भएको अदालतले जनाएको छ । त्यस्तै बिभिन्न प्रकृतिका फैसला गर्न योग्य मुद्दाहरु ६६ मध्ये ५५ वटा रहेका छन् ।

विभिन्न घटनाका फौजदारी मुद्दा फैसला र जरिवाना अन्तरगत कुल ३३ लाख ९९ हजार जरिवाना मध्ये ७८ हजार असुल गर्ने लक्ष्य राखिएको भएपनि १ लाख ५३ हजार रकम असुली गरिएको जनाईउको छ ।

अदालतसंग स्थानीय बासिन्दाहरुको सहज न्यायमा पहुँच बृद्धि गर्ने उद्धेश्यले आफुहरुले सरल ढंगबाट काम सञ्चालन गरेको न्यायधिश पण्डितले बताए ।