☰ open Loading... 7 September 2024|  

ट्रकले किच्दा ७५ बर्षिय वृद्भकाे मृत्यु
  | १६ पुष २०७३, शनिबार १३:२८

accdentबर्दिया । ट्रकको किच्दा एक वृद्ध महिलाको मृत्यु भएको छ । बर्दियाको गुलरिया नगरपालिका ८ स्थित भंस्सार रोडमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको ना.३ ख. ५९०३ नम्वरको ट्रकको किच्दा उनकाे मृत्यु भएको प्रहरीले बताएको छ ।

आज विहान ११ बजेको समयमा ट्रकले किच्दा बर्दिया गुलरिया नगरपालिका ८ बस्ने ७५ बर्षिय राधा देवि बानियाको घटना स्थल मै मृत्यु भएको जानकारी जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक चक्र बहादुर डम्बरपालले बताए । घटना लगत्तै प्रहरीले ट्रक र ट्रक चालक ३६ बर्षिय रोशन गिरीलाई नियन्त्रणमा लिएको समेत उनले बताए ।