☰ open Loading... 25 December 2024|  

बाेली फेर्दै प्रधानमन्त्री मोर्चाका नेताहरुलाई भने ‘संसोधनपछी मात्र निर्वाचन’
  | १६ पुष २०७३, शनिबार १३:४१

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो बोली फेर्दै संविधान संशोधन प्रस्ताव पारित भएपछी मात्र निर्वाचनको घोषणा गर्ने प्रतिवद्धता जनाएका छन् ।

morcha-prachanda

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा  संयुक्त लोकतान्त्रिक मोर्चाका नेताहरुसंग भएको भेटमा उनले संविधान संशोधन र्दे मोर्चाका मागहरु सम्बोधन गरेर मात्र स्थानीय निर्वाचनको मिति घोषणा गर्ने आश्वासन दिएका हुन ।

बैठकमा संविधान संशोधन प्रस्ताव, स्थानिय निर्वाचन र संसदको गतिरोध लगायतका विषयमा छलफल भएको सद्भावना पार्टीका महासचिव मनिष सुुमले बताए ।

बैठकमा सरकारको तर्फबाट व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन सम्बन्धि प्रस्ताव अघि बढाउने र मधेशी मोर्चा स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा जाने सहमति भएको छ ।

यसअघी प्रमुख प्रतिपक्षी दल एमालेसंग भएको छलफलमा प्रधानमन्त्री दाहालले स्थानिय निर्वाचनको मिति घोषणा तत्काल गर्ने र संशोधन प्रस्ताव स्थगित गर्ने बताएका थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, मधेशी मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव लगायतका नेताहरु सहभागि थिए ।