☰ open Loading... 25 April 2024|  

सुर्खेतमा अटोभिलेज निर्माण गर्नमा प्रतिवद्ध छु : मन्त्री थानी
  | १६ पुष २०७३, शनिबार १६:१८

सुर्खेत । सुर्खेतमा अटो भिलेज निर्माण गर्न आफू कटिवद्ध रहेको सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले बताएका छन् । आफू मन्त्री नहुनु अगाडीदेखी नै अटो भिलेज निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखेको स्मरण गराउँदै मन्त्री थानीले केही समयमा सरकारले यसको टुङ्गो लागाउने जानकारी दिए ।

वीरेन्द्रनगरमा आयोजित नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको नवौं साधारण सभा तथा चौथो महाधिवेशनको उद्घाटन सत्रमा बाल्दै थानीले भने,–‘बाहिरबाट दक्ष जनशक्ति ल्याउनुभन्दा यहीकै व्यक्तिहरुबाट उन्नत खालको सेवा प्रवाह गर्ने जनशक्ति तयार गर्नुस् ।’

auto
देश विकासको मेरुदण्ड अटो मेकानिक्स भएको बताएका थानीले ‘सवारी सवैका लागि आवश्यक छ, त्यो सार्वजनिक होस या नीजि तर राम्रो सेवा दिनमा तपाईहरु जुट्न आवश्यक छ ।’

‘जसरी हवाइजहाजहरु प्रत्येक उडानमा चेक जाँच गरिँदा कम दुर्घटना हुन्छ । त्यसरी नै नेपालमा चल्ने सवारीहरुमा चेकजाँच गरेर दुर्घटना रोक्ने अभियानमा साथ दिन थानीले सुझाव दिए ।

राज्यलाई अटो मेकानिक्सले ठुलो गुण लगाएको भन्दै मन्त्री थानीले अब महासंघले काममा दक्षता कायम गर्दै विदेशीने यूवाहरुको संख्या समेत कमी ल्याउनमा सहयोग पुर्याउन आग्रह गरे ।

महासंघविचको एकता कायम रहेसम्म कसैले पनि तलमाथी गर्न नसक्ने भन्दै उनले अव आर्थिक तथा विकासमा सबल र समृद्व नेपाल निर्माणमा थप भूमिका निर्वाह गर्न आग्रह गरे ।

आफू गरिबी निवारण मन्त्री भएपनि गरिवी निवारण सम्वन्धी कुनैपनि कार्यहरु गर्न नसुकिने दुखेसो थानीको थियो । मन्त्रालयका गरिवी निवारण कोष, युवा स्वरोजगार कोष, गरिबसँग विश्वेस्वर लगायतका लोकप्रिय कार्यक्रमहरु अरु नै मन्त्रालयबाट सञ्चालन भएकोमा आक्रोश व्यक्त गरे ।

प्रधानन्त्रीलाई ति कार्यक्रमहरु सम्वन्धित मन्त्रालयमै दिन आग्रह गर्दापनि सुनुवाइ नभएको भन्दै उनले,–‘कार्यक्रम अरु मन्त्रालयले नै चलाउने भए गरिवी निवारण मन्त्रालयपनि सोही मन्त्रालयबाट चलाउँदा हुन्छ ।’

कार्यक्रममा सम्वोधन गर्दै महासंघका गोविन्द भट्टराइले जग्गा मात्र राज्य सँग माग्नु ठुलो कुरा नभएको बताए । उनले यो क्षेत्रमा प्रविधियुक्त, सीपमूलक, आधुनिकतामा आधारित संरचना निर्माण गर्ने, विदेशी तथा अन्य क्षेत्रका व्यवसायीहरुलाई सोझै प्रतिस्पर्धा गर्न सक्नेगरि अघि बढ्नु पर्ने आवश्यकता रहेको औंल्याए ।

महासंघका संस्थापक महेश बज्राचार्यले आफूहरुको काम गाडीका चक्का जाम गर्ने नभई जाम भएका चक्काहरु खोल्ने काम भएको बताए । देशलाई समृद्व बनाउन सबैको सहकार्य आबश्यक रहेको उनको भनाई थियो ।