☰ open Loading... 26 October 2024|  

६ महिनापछि पायो शिक्षा समितिले पूर्णता
  | १८ पुष २०७३, सोमबार १८:५७

सुर्खेत । गत असारमा संशोधन भएको आठौं शिक्षा ऐन २०२८ अनुसार सुर्खेतमा जिल्ला शिक्षा समिति गठन गरिएको छ । करिव ६ महिनादेखी समितिका पदेन सदस्यहरुबाट चलि आएको समितिले सोमबार पूर्णता पाएको हो ।

जिल्ला विकास समितिका सभापति एवं स्थानीय विकास अधिकारी अमृत लम्सालको संयोजकत्वमा सोमबार बसेको पदेन सदस्यहरु सम्मिलित समितिको बैठकले बाँकी सदस्यहरु मनोनित गरेर पूर्णता दिएको छ ।

मनोनयन हुने सदस्यहरुमा सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुमध्येबाट भेरी माध्यमिक विद्यालय घुमखहरे– ३ का विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ठम्मरबहादुर बिष्ट छन् ।

यस्तै, अभिभावक वा शिक्षाविदहरुमध्येबाट वीरेन्द्रनगर नगरपालिका–१० निवासी एवं सुर्खेत शिक्षा क्याम्पसका प्रशिक्षक शिला गुरुङ, घोरेटाका डण्डीप्रसाद शर्मा र वीरेन्द्रननगर–६ का भीमबहादुर शाही परियार छन् ।

यसैविच, संस्थागत विद्यालयका अध्यक्षहरुमध्येबाट प्याब्सन जिल्ला अध्यक्ष एवं गोल्डेन बर्ड एकेडेमीका अध्यक्ष बेदप्रकाश ढकाल जिल्ला शिक्षा समितिको सदस्य पदमा मनोनित भएका छन ।

समितिमा मनोनित हुने ब्यक्तिहरुले कम्तीमा स्नातक तहको शैक्षिक योग्यता हासिल गरी शिक्षा क्षेत्रमा विभिन्न ढङ्गले योगदान गर्दै आएको हुनु पर्ने प्रावधान छ ।