☰ open Loading... 26 October 2024|  

आलुको बीउ उत्पादन सुरु
  | १९ पुष २०७३, मंगलवार १४:२९

बाँके । स्थानीय बीउलाई संरक्षण गर्ने उद्देश्यका साथ जिल्लाका राधापुर र टिटिहिरिया गाविसका कृषकले स्थानीय आलुको बीउ उत्पादन सुरु गरेका छन् ।

विभिन्न कृषक समूह गठन गरी दुवै गाविसका ३६ वटा समूहमा आबद्ध किसानले स्थानीय आलुको जातको बीउ उत्पादन सुरु गरेका हुन् । संरक्षण र संवद्र्धन गर्नका लागि स्थानीय आलुको बीउ उत्पादन सुरु गरेको राधापुर गाविस–७ का मनबहादुर आले मगरले बताए ।

“स्थानीय आलु धेरै फल्ने, स–साना हुने र स्वाद मीठो हुने भएकाले उत्पादान सुरु गरेका हौँ ‘ उनले भने । नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घले कृषक समूहलाई बीउ उत्पादनका लागि सहयोग गरेको आले मगरको भनाइ छ ।

टिटिहिरिया गाविस–९ का शोनु विकले स्थानीय बीउ हराउँदै गएकाले संरक्षण गर्न समेत उत्पादन सुरु गरेको बताए । बीउ उत्पादनले स्थानीयवासीको जीविकोपार्जनमा टेवा पुग्ने नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घका जिल्ला अध्यक्ष देउमल सुनारले बताए । बाह्र जना कृषकले एक÷एक कट्ठा जमिनमा बीउ उत्पादन सुरु गरेका छन् ।