☰ open Loading... 25 February 2025|  

संगीतमय योग शिविर हुँदै
  | १९ पुष २०७३, मंगलवार १६:२५

सुर्खेत । यही पुस २२ देखी वीरेन्द्रनगरमा संगीतमय योग शिविर हुने भएको छ । सनातन हिन्दु राष्ट्र नेपाल घोषणा नागरिक संघर्ष सुर्खेतले शिविरको आयोजना गर्न लागेको हो ।

sibir
वीरेन्द्रनगरको खुलामञ्चमा हुने बृहत संगीतमय योग, ध्यान तथा आयुर्वेद विज्ञान शिविर नेपाल महिमा एवं दार्शनिक प्रवचनको हरेक दिन विहान ६ बजेदेखी ९ बजेसम्म सञ्चालन हुने सनातन धर्म सेवा समितिका केन्द्रीय उपाध्यक्ष हस्तराज भारतीले जानकारी दिए ।

२८ गतेसम्म सञ्चालन हुने शीविरमा राष्ट्रयोगी स्वामी धामशरण देवाचार्यले योग सिकाउने छन् । स्वास्थ समृद्ध, शक्तिशाली नैतिक एवं स्वाभिमान नेपाल साथै नेपालको मध्यभागमा गोलोकधामको गुरुयोजना पूरा गर्ने उदेश्यले शीविरको आयोजना हुन लागेको बताइएको छ ।