☰ open Loading... 18 June 2024|  

सुर्खेतको शान्ति सुरक्षा कायम गर्न कटिवद्ध छु : प्रजिअ पन्थ
  | २० पुष २०७३, बुधबार १९:२५

सुर्खेत । सुर्खेतका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जिल्लाको शान्ति सुरक्षामा कुनै पनि अप्रिय घटना हुन नदिने प्रतिवद्धता जनाएका छन् । गत मंसिर २० गते सुर्खेत जिल्ला प्रशासन कार्यालयको जिम्मेवारी समाल्न यहाँ आएको पन्थले बुधबार अायाेजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

cdo-skt-photo
एक महिनापछि सञ्चारकर्मीसंगको भेटमा पन्थले भने,–‘तपाईहरु (पत्रकार) संग भेट गर्ने ईच्छा थियो भिभिआई पी सुरक्षा र अन्य कामले व्यस्त हुँदा ढिला भेटघाट गर्ने कार्यक्रम राखे ।’

जिल्लाको अवस्थाबारे विस्तृत जानकारी पत्रकारबाट बढी थाहा हुने भएकाले पनि आज (बुधबार) कार्यक्रम राखेको उनले बताए । तर सुर्खेतको समग्र शान्ति सुरक्षा कायम गर्नमा आफू हरबखत तयार रहेको पनि उनको भनाई थियो ।

सुर्खेतमा रहुञ्जेल यहाँका नागरिकलाइ असुरक्षित हुन नदिने र अप्रिय घटनाहरू राेक्नमा कटिवद्भ रहने पनि उनले उल्लेख गरे । जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रजिअ पन्थले गत साउनदेखी मंसिर मसान्तसम्म कार्यालयले गरेको काम कारवाहीको बारेमा जानकारी दिएका थिए ।

उनले पाँच महिनाको अवधिमा कार्यालयबाट ४ हजार ४७० जना सेवाग्राहीले नागरिकता लिएको जानकारी दिए । यसमध्य प्रतिलिपि १ हजार ९४१, वंशजका आधारमा नागरिकता २ शजमर ८१८, अंगीकृत १ र कर्मचारीका परिवार १० जनाले नागरिकता लिएका छन् ।

पाँच महिनाको अवधिमा कार्यालयले ५० लाख ६६ हजार ७६ रुपैयाँ राजश्व संकलन गरेको बताएको छ । राहदानीबाट मात्रै ४५ लाख ७२ हजार पाँचसय रुपैयाँ राजश्व संकलन भएको प्रमुख जिल्ला अधिकारी पन्थले बताए ।

यस्तै हातहतियार नविकरणबाट २ हजार ६ सय, संघ संस्थाबाट १ लाख ६७ हजार ९ सय, विक्री आम्दानीबाट १ लाख ५ हजार ६७६ र अन्यबाट १ लाख ९४ हजार राजश्व संकलन प्रशासनले गरेको छ ।

प्रशासले अझै ४७ वटा मुद्दा फैसला गर्न बाँकी रहेको प्रजिअ पन्थले बताए । जिल्ला प्रशासन कार्यालयले नागरिकता प्रमाण पत्र, राहदानी, नाबालक परिचय पत्र, नाता प्रमाणित लगायतका सेवा प्रदान गर्ने गरेको छ ।