☰ open Loading... 26 October 2024|  

जिप दुर्घटनामा तीन यात्रु घाइते
  | २० पुष २०७३, बुधबार १८:२८

jeep-acc

सल्यान । सल्यानमा जिप दुर्घटना हुदाँ ३ यात्रु घाईते भएका छन् ।

बामेबाट सल्लीबजार आउदै गरेको जिप बामे ६ धाराको इरजमा बुधबार दुर्घटना हुँदा ति यात्रु घाइते भएका हुन् ।

भे १ च २०३३ न को जिप दुर्घटना हुदा चालक सहित ३ जना घाइते भएका छन ।

घाइते हुनेमा चालक तथा गाडी मालिक बामे गाविस वडा न ६ बर्ष ३४ का राम बहादुर बस्नेत, सोही गाविस वडा ४ बर्ष २३ का महेश शर्मा र सोही वडाका बर्ष ५० का हस्त बहादुर महतरा छन ।

घाइते अवूथा सामान्य रहेकोले सबैको सन्जीवनी सामुदायिक अस्पताल सल्लीबजारमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय देवस्थलले जानकारी दिएको छ । साँघुरो र कच्ची सडकका भएका कारण जिप दुर्घटना भएको हुन सक्ने प्रहरीकाे अनुमान छ ।