| २१ पुष २०७३, बिहीबार १३:२९
यही पुस १७ गते मंगोल नेशनलले सुर्खेतमा जातिय द्वन्द्व भड्काउने नारा लगाएपछि सुर्खेतमा विरोधका स्वर गुञ्जिन थालेका छन् । जाति र धर्मप्रति लक्षित गर्दै मंगोल नेशनल अर्गनाइजेशनले द्वन्द्व निम्त्याउने खेलमा लागेको भन्दै देशभक्त नागरिक संघर्ष समिति सुर्खेतले बिहिबार वीरेन्द्रनगरमा विरोध र्याली निकालेको छ ।
स्थानीय वीरेन्द्रनचौकबाट शुरु भएको र्यालीले बजार परिक्रमा गरेको छ । डलरको खेती बन्द गर्नु पर्ने, जातिय द्वन्द्व निम्त्याउन खोज्ने मंगोल नेशनल मुर्दावाद लगायतका नारा उनीहरुले लगाएका थिए ।
https://www.youtube.com/watch?v=sQpkYV_bGyQ
के गरेकाे मंगाेल नेशनलले याे पनि पढ्नुस् ।
मंगोल नेशनलले सुर्खेत लगायो भड्कीला नारा (भिडियोसहित)
जातीय द्वन्द्व भड्काउनमा मंगोल नेशनल उद्धत