☰ open Loading... 25 November 2024|  

अवको चुनावमा काँग्रेस हाफ माओवादी साफ : युवा नेता बस्नेत
  | २३ पुष २०७३, शनिबार १४:२९

सुर्खेत । नेपालमा अव राजनीतिक गफभन्दा विकास निर्माणका एजेण्डा अगाडी सार्नुपर्ने तर्क नेकपा एमालेका युवा नेता महेश बस्नेतको छ । भेरीगंगा नगरपालिका छिन्चुमा हुने युवा संघको प्रथम नगर अधिवेशनलाई उद्घाटन गर्न सुर्खेत आइपुगेका नेता बस्नेतले मुलुकको आर्थिक समृद्ध हुने काममा राजनीतिक दलहरु जुट्नु पर्ने धारणा राखे ।

mahesh-basnet

‘विगतमा दिनमा राजनीतिक स्वतन्त्रताका विरुद्ध आन्दोलन केन्द्रीत भए, अव पनि त्यही एजेण्डा बोक्न गलत हो’ बस्नेतले भने,–‘आर्थिक रुपमा समृद्ध गरेर विकासका मुहार खोल्न शोषण, दमन र उत्पीडनमा परेका नागरिकहरुका सवालमा केन्द्रीत हुन आवश्यक छ ।’

पूर्व उद्योगमन्त्री तथा पूर्व युवा संघका केन्द्रीय अध्यक्ष समेत रहेका नेता बस्नेतले पछिल्लो राजनीतिक घटनाक्रमले मुलुक जटिल मोडमा गइरहेको बताए । तर नेकपा एमालेले मुलुकलाई विखण्डनकारी दिशातिर लैजानेहरुलाई तह लागएर ट्याकमा ल्याउने दावी बस्नेतको छ ।

नक्कली सुनसंग काँग्रेस र नेकपा माओवादी केन्द्र भएको व्यांग्य गरेका बस्नेतले भने,–‘सुनभन्दा कम छैन हराएमा डर छैन भन्ने पार्टी एमाले हैन । एमाले त २४ क्यारेट सुन जस्तो पार्टी हो, । राष्ट्रलाई अघात हुने कार्य रोक्न हामी सक्षम छौं ।’

अगामी दिनमा हुने चुनावमा नेकपा एमालले अत्यधिक वहुमत ल्याएर जित्ने जिकिर बस्नेतको छ । ‘अव हेर्नुस्, काँग्रेस हाफ हुन्छ, माओवादी साफ हुन्छ’ बस्नेतले थपे,‘निर्वाचनमा एमालेलाई अत्यधिक मत ल्याएर जिताउन युवा संघले आजैदेखी चुनावी माहोल तयार गरेर लाग्नुस् ।’

वीरेन्द्रनगरमा युवा संघका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएका बस्नेतले युवा संघले थुप्रै राम्रा गरेको स्मरण गराउँदै अतिवादीलाई साइजमा ल्याउने कार्यमा अझै एकमत भएर लाग्न युवा कार्यकर्तालाई निर्देशन दिए ।

माओवादीप्रति आक्रामक
नेकपा एमालेका युवा नेता बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यशैली प्रति आक्रामक रुपमा प्रस्तुत भएका थिए ।

‘दशैँ आउँछ, धार्मिक आस्थाले दशैँ नमनाइएला । तर साँस्कृतिक रुपमा दशैँ मनाउन सकिन्छ’ बस्नेतले भने,–‘हाम्रा देशका प्रधानमन्त्री प्रचण्ड क्रिसमस डे मनाउन ढाका टोपी लगाउँछन् । राष्ट्रिय पोशाक लगाएर अन्तर्राष्ट्रिय सम्मेलनमा जान सक्दैनन् अनि जातिय पहिचानको कुरा गरेर भाषण गर्दै हिड्छन् ।’

माओवादीले उठान गरेको नेपालको पहिचान अन्तर्राष्ट्रिय डिजाइनबाट उठान गरिएको विषय भएको आरोप बस्नेतको छ । माओवादीले जति पनि जातिय पहिचानको नारा लगाएको छ, त्यो अन्तर्राष्ट्रियकै ग्राइन डिजाइन भएको बताए ।

अतिवादी शक्तिलाई तह लगाउने भनेको ‘पावर व्यालेन्स’ बाट सकिने बताएका उनले युवा संघ त्यही ‘पावर व्यालेन्स’ को रुपमा देशका अतिवादीलाइ तह लगाएकाे जिकिर गरे ।