☰ open Loading... 27 April 2024|  

संस्थालाइ नयाँ उचार्इमा पुर्याउछु : खड्का
  | २४ पुष २०७३, आईतवार ०९:१३

मपमा खड्का प्यानल विजयी

सुर्खेत । मध्यपश्चिम यातायात व्यवसायी संघको अध्यक्षमा विष्णुबहादुर खड्का निर्वाचित भएका छन् । खड्का प्यानलसहित विजयी भएका हुन् । अध्यक्षमा निर्वाचित खड्काले प्रतिद्ध्रन्द्धी श्यामलाल कँडेललाई एक सय २२ मत अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचत समितिका संयोजक विवश बस्नेतका अनुसार अध्यक्षमा निर्वाचित खड्काले दुई सय ४९ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी कँडेलले एक सय २७ मत प्राप्त गरेका छन् । निर्वाचनमा तीन सय ७८ मत खसेको थियो ।

अध्यक्षमा निर्वाचित भएपछि खड्काले संघलाई अझ नयाँ उचाईमा पुर्याउने बताए । उनले पराजितहरुलाई पनि समेटेर आफू अघि बढ्ने बताए ।

bishnu

चुनावमा हार र जीत हुनु स्वभाविक हो उनले भने, पराजित उम्मेदवारहरुलाई पनि सँगै समेटेर अघि बढ्छु । खड्काले संघ सबैको साझा संस्था भएको पनि बताए । संघको समृद्धि र विकासका लागि सबैको साथ र सहयोग आवश्यक हुन्छ उनले भने, सबैलाई समेटेर अघि बढ्छु ।

यस्तै वरिष्ठ उपाध्यक्षमा खड्का प्यानलका मोतीप्रसाद चपाई विजयी भए । उनले कँडेल प्यानलका रमेशकुमार पौडेललाई ७० मत अन्तरले पराजित गरे । खड्का प्यानलका चपाईले दुई सय २२ मत ल्याए भने चपाई प्यानलका पौडेलले एक सय ५२ मत ल्याए । उपाध्यक्षमा पनि खड्का प्यानलका गोरखबहादुर खत्री निर्वाचित भए । उनले आफ्ना प्रतिद्धन्द्धी रागर रावतलाई ८३ मत अन्तरले पराजित गरे । खड्का प्यानलका खत्रीले दुई सय २७ मत ल्याए भने कँडेल प्यानलका रावतले एक सय ४४ मत ल्याए ।

सचिवमा पनि खड्का प्यानलका नारायणकुमार चपाई निर्वाचित भएका छन् । चपाईले कँडेल प्यानलका ओमबहादुर खड्कालाई ६१ मत अन्तरले पराजित गरे । चपाईले सचिवमा दुई सय १८ मत ल्याएर विजयी भए भने उनका प्रतिद्धन्द्धी खड्काले एक सय ५७ मत मात्रै प्राप्त गरे । कोषाध्यक्षमा खड्का प्यानलका गौरीप्रसाद लामिछाने विजयी भएका छन् ।

उनले कँडेल प्यानलका गणेशकुमार पन्तलाई पराजित गरे । खड्का प्यानलका लामिछानेले दुई सय २३ मत प्राप्त गरे भने कँडेल प्यानलका पन्तले एक सय ५० मत ल्याए । पन्त निर्वतमान कार्यसमितिका कोषाध्यक्ष हुन् । यस्तै सहसचिवमा भोजकुमार डाँगी विजयी भए । उनले दुई सय २९ मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धी क्षेत्रमणि गिरीले एक सय ४५ मत ल्याए ।

डाँगी खड्का प्यानलका हुन् भने गिरी कँडेल प्यानलका हुन् । यस्तै सहकोषाध्यक्षमा पनि खड्का प्यानल विजयी भयो । खड्का प्यानलका पदमबहादुर खत्रीले प्रतिद्धन्द्धी मधु कार्कीलाई ६९ मत अन्तरले पराजित गरे । खत्रीले दुई सय १५ मत ल्याए भने कार्कीले एक सय ४६ मत प्राप्त गरे ।

यस्तै सदस्यहरुमा पनि खड्का प्यानल विजयी भएको छ । खड्का प्यानलबाट चुनाव लडेका खम्बबहादुर शाही, धनबहादुर बोगटी, लालबहादुर नेपाली, विजय सापकोटा, शिवराज वली र थमन रानाक्षेत्री विजयी भए । शाही (२३८), बोगटी (२१४), नेपाली (२१९), सापकोटा (२४२), वली (२३५) र रानाक्षेत्री (२२२) मतका साथ विजयी भए । सदस्यमा कँडेल प्यानलका सबै उम्मेदवार पराजित भए ।

सदस्यमा पराजित मिकाइल बक्स (१२८), काँशीराम शर्मा (११०), बखतबहादुर भण्डारी (१२६), डिल्लीप्रसाद गौली (१२७), रमेश ढकाल (१३३) र भिमबहादुर महताराले (१३८) मत प्राप्त गरे ।