☰ open Loading... 7 September 2024|  

कृषि सङ्कलन केन्द्रलाई चार लाखको ग्रेडिङ मेसिन
  | २४ पुष २०७३, आईतवार ०९:४३

gerednig-meshin
file photo

जुम्ला । दलित सदस्यहरु मात्र आबद्ध रहेको गज्र्याङ्कोट २ र ३ जुम्लामा स्थापित कृषि सङ्कलन केन्द्रलाई रु चार लाखको स्याउ ग्रेडिङ मेसिन सहयोग गरिएको छ ।  उच्च मूल्य कृषि वस्तु विकास आयोजना (एचभिएपी) ले ग्रेडिङ मेसिन सहयोग गरेको हो । ग्रेडिङ मेसिनसहित आयोजनाले रु १६ लाख ९० हजार बराबर भवन निर्माणमा सहयोग पु¥याएको आयोजनाका कृषि अधिकृत सुरेशकुमार थापाले जानकारी दिए ।

भारतको हरियाणा राज्यको अम्बला सहरबाट मेसिन खरिद गरी कृषक समूहलाई हस्तान्तरण गरुन्जेल रु चार लाख लागत पर्न गएको अधिकृत थापाले बताए । कृषक समूहकहाँ आइपुगेको चलाउन योग्य ग्रेडिङ मेसिन शनिबार कृषि सुपर जोन जुम्लाका प्रमुख विष्णुप्रसाद शर्माले स्विच दबाएर मेसिन सञ्चालनमा ल्याएका छन । मेसिन सञ्चालनपश्चात् सुपर जोन जुम्ला प्रमुख शर्माले घर आँगनमै आएको ग्रेडिङ मेसिनले स्याउ कृषकलाई राम्रो सहयोग पुग्ने बताए ।

चार वाटको बत्तीले सञ्चालन हुन सक्ने यो मेसिनले सुपर ए, सुपर बी, ए, बी, सी र डीसम्म स्याउ ग्रेडिङ गर्ने बताइएको छ । मेसिन सञ्चालन तथा प्रदर्शन कार्यक्रममा सहभागी व्यक्तिहरुले उक्त कृषक समूहले स्थापना गरेको भवनलाई कृषि वस्तुमात्र नभई स्याउ सङ्कलन केन्द्रका रुपमा विकास गर्न सल्लाह दिएका थिए । ग्रेडिङका लागि समय छोटो लाग्ने र आफ्नै आँगनमा स्याउ विभिन्न श्रेणीमा विभाजन गर्न पाइने भएपछि त्यस क्षेत्रका किसान खुसी भएका छन् ।