☰ open Loading... 7 September 2024|  

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु
  | २५ पुष २०७३, सोमबार १६:२८

कालीकोट । जिल्लाको भर्ता गाविसमा गएराति ट्र्याक्टर दुर्घटनामा परी दुईजनाको घटनास्थलमा मृत्यु भएको छ ।  मृत्यु हुनेमा ट्र्याक्टर सहचालक मान्म गाविस–२ निवासी १८ वर्षीया प्रेम नेपाली र मान्म–४ निवासी २१ वर्षीया देवी विक रहेका छन् ।

लु१त ५७२२ नंको ट्र्याक्टर सडकमा रोकिराखेको अवस्थामा सहचालकले चलाउन खाजेपछि भर्ता गाविसको हुल्म बजारमा दुर्घटना हुँदा दुईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ ।  अनुसन्धानका लागि गाडी साहु देवमणि आचार्यलाई प्रहरीले नियन्त्रणमा लिइएको बताइएको छ ।