☰ open Loading... 19 September 2024|  

पोल्टी फर्ममा आगलागी, झण्डै दश लाखको क्षती
  | २५ पुष २०७३, सोमबार १८:०१

सल्यान । सल्यानको एक पोल्टी फर्ममा आगलागी भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नं. २ तल्लो चिल्ढालेमा रहेको प्रेम पोल्टी फर्ममा आगलागी भएको हो । गए राती करिब १२ बजे तीर आगलागी भएको पोल्टी फर्म सञ्चालक प्रेम डाँगीले जानकारी दिए ।

ब्यबसायिक रुपमा कुखुरा पालन गर्दै आउनु भएका उहाँले पोल्टी फर्म आगलागी बाट फर्ममा भएका १५ सय कुखुरा जलेको बताए  । “राती ८ बजे कुखुरालाई दानापानी राखेर घरमा सुत्न आए, सबै ठिकै थियो” डाँगीले भने –“ १२ बजे कुखुरा हेर्न जाँदा फर्ममा आगलागी भैरहेको थियो ।”

कुखुरा फर्ममा आगलागी हुँदा १५ सय कुखुरा, कुखुरा पालेको घर, दानापानी दिने भाँडा, सोलार सेट, कुखुराको दाना, औषधी लगाएतका सम्पूर्ण जलेर नष्ट भएको छ । ईलाका प्रहरी कार्यालय थारमारेका अनुसार पोल्टी फर्म आगलागी बाट झण्डै दश लाख बराबरको क्षती भएको छ ।

पोल्टी फर्म सञ्चालक डाँगीले बताए अनुसार चिसो धेरै भएकाले चिसोका कारण कुखुरा नमरुन भनेर ताप दिनको लागी सिलिन्डर ग्याँसबाट बोडर जडान गरिएको थियो । ग्याँस लिग भएर फर्ममा आगालागी भएको हुन सक्ने प्रहरी अनुमान गरेको छ ।