☰ open Loading... 22 June 2024|  

भाेली सार्वजनिक विदा : गृह भन्छ जानकारी अाएकाे छैन
  | २६ पुष २०७३, मंगलवार १५:२०

pirthibi

काठमाडाैं । भोली पुस २७ अर्थात् पृथ्वी जयन्ती ।

राष्ट्रिय एकता दिवसका अवसरमा भोली सार्वजनिक विदा दिनुपर्ने माग बढ्दो छ ।

सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि भोली सार्वजनिक विदा दिनुपर्ने माग जोडदार रुपमा प्रस्तुत गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि भोली सार्वजनिक विदा दिनुपर्ने माग गरेको छ ।

आजको संसद बैठकमा बोल्दै एमाले सांसद प्रकाश ज्वालाले पृथ्वी नारायण शह राजा मात्र नभई राष्ट्र निर्माता भएकाले उनको योगदानको कदर गर्दै सार्वजनिक विदा दिनुपर्ने माग गरेका हुन् ।

गृह मन्त्रालयले भने अहिलेसम्म विदाको जानकारी आइनसकेको जनाएको छ । मन्त्रालयका सह प्रवक्ता भविश्वर पाण्डेले भने, ‘अहिलेसम्म जानकारी आइसकेको छैन’ । २०६२/०६३ को आन्दोलनपछि बनेको सरकारले पुस २७ गतेको विदा कटौती गरिएको हो ।