☰ open Loading... 23 November 2024|  

सुर्खेत उपत्यकामा बढ्दै दुर्घटना
  | २७ पुष २०७३, बुधबार ०९:३५

घटना १
रत्न राजमार्गको वीरेन्द्रनगर–छिन्चु सडक खण्डको धुलियाविट नजिकै गत मंसिर २५ गते नेपालगञ्जबाट कालीकोटतर्फ जाँदै गरेको रारा कर्णालीको क १ ज नम्बरको जीपको ठक्कबारबाट धुलियाविटमा एक महिलाको मृत्यु भयो ।

केही समय अघि वीरेन्द्रनगरको विच बजारमा एक आपसमा ठोक्कीदा दुर्घटनाग्रस्त बस ।
केही समय अघि वीरेन्द्रनगरको विच बजारमा एक आपसमा ठोक्कीदा दुर्घटनाग्रस्त बस ।

तरकारी विक्री गर्न वीरेन्द्रनगरतर्फ आउँदै गरेकी कल्णाण गाविसका ३४ वर्षीय फरमिला रावतलाई एकसय मिटरसम्म जीपले लछार्दा उनको घटनास्थलमै मृत्यु भयो ।

यो दुर्घटना रारा कर्णालीका दुई जीप विचको प्रतिस्पर्धाले अनाहकमा महिलाको मृत्यु भयो । ट्राफिक स्रोतका अनुसार दुई जीपविच को अघि जाने भन्ने प्रतिस्पर्धाले फरमिलाको मृत्यु भएको हो ।
घटना २
गत मंसिर २७ गते वीरेन्द्रनगरको भैरवस्थानमा बसले किच्दा विद्यार्थीको मृत्यु भयो । स्कुलबाट पढेर साथीसंगै घर फर्कदै गरेका भैवस्थानका केशव थापालाई ना ३ ख ७६९१ नम्बरको बसले किच्दा उनको पनि घटनास्थलमै मृत्यु भयो ।

तर उनीसंगै रहेका अन्य दुई जना साथी भने घाइने भए । घटनाको मुख्य कारण भर्खरै कालोपत्रे भएको सडकमा तिव्र गतिमा बस हाक्दा घर फर्कदै गरेका थापाको मृत्यु भएको ट्राफिक प्रहरीको भनाई छ ।
घटना ३
पुस ७ गते विहान करिव ६ बजेतिर बिच बजारमा दुई बस एक आफसमा ठोक्किए । बस ठोक्कीदा दुवै बसमा क्षती त भयो । एका विहानै सडकमा नागरिकहरुको भीड नहुँदा मानविय क्षती भने हुन पाएन् ।

उल्लेखित घटना पछिल्लो एक महिनाका प्रतिनीधिमुलक घटना हुन् । माथि उल्लेखित तीनै दुर्घटनाको मुख्य कारण तिव्र गति नै हो । वीरेन्द्रनगरको अस्तव्यस्त सडक र ट्राफिक प्रहरीसंग दक्ष जनशक्तिको अभावले पनि दुर्घटना बढी हुने गरेको स्वंयम ट्राफिक प्रहरी बताउँछ ।

सडकमा हुने हरेक दुर्घटनामा ९० प्रतिशत लापरवाही चालक र १० प्रतिशत यान्त्रिक (ईन्जिन) का कारण हुने गरेको ट्राफिक अनुसन्धानले पुष्टि गरेको छ ।

दुर्घटना रोक्न अनेकौं प्रयास अपनाए पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सफलता पाउन नसकेको स्वीकार गरेको छ । यसको मुख्य कारण कार्यालयसंग जनशक्ति न्युन हुनुले सवै क्षेत्रमा आफ्नो उपस्थित गराउन सकेको छैन् ।

दैनिक सुर्खेतमा भित्रने र बाहिरीने सवारी करिव ७ हजार छन् । यो संख्या बस, मोटरसाईकल, जीप, ट्रक, मोटरसाईकल लगायतको हो । तर जिल्ला ट्राफिक कार्यालयमा जम्मा २६ जना ट्राफिकहरु छन् ।

‘पहिलो कुरा हामीसंग जनशक्ति नै छैन्’ एक ट्राफिकले भने,–‘वीरेन्द्रनगर भ्याली भित्रकै हकमा सवै क्षेत्रमा हाम्रो उपस्थिती हुन सकेको छैन् ।’

अभिभावक तथा चालकको लापरवाही, सडकको दयनिय अवस्था, फुटपाथ, पार्किङ्गको अभाव, ट्राफिक नियमको जानकारी नुहुन जस्ता कारण सडक दुर्घटनाका कारक हुन् । वीरेन्द्रनगर उपत्यकामा दैनिक सामान्य पाँच वटा दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यालयको रेकर्ड छ ।

वीरेन्द्रनगरका सडकहरु जीर्ण हनुले पनि दुर्घटनामा वृद्धि भएको ट्राफिक प्रमुख हर्क रावल बताउँछन् । उनले दुर्घटना रोक्न नियमित चेकजाँच र टाइम कार्डलाई लागु गरेको जानकारी दिए ।

वीरेन्द्रनगरको धुलियाविट, वीरेन्द्रचौक, मंगलगढी चौक, यरीचौक र बाँगेशीमलमा नियमित चेकजाँच हुन्छ । तर उपत्यका भित्र नै डरलाग्दा दुर्घटना हुने गरेका छन् ।

लामो दुरीमा पछिल्लो एक वर्ष यता दुर्घटनामा ओराले लागेपनि भ्याली भित्रै अकल्पनिय दुर्घटना हुन दुखद् भएको स्थानीय नागरिकहरु बताउँछन् । उपत्यका बाहिर बड्डीचौर, गोठीकाँडा, छिन्चु, साहरे राकममा पनि ट्राफिक उपस्थिती छ ।