☰ open Loading... 12 June 2024|  

समिक्षा मृत्यु प्रकरण : शिक्षा कार्यालयद्वारा अर्थहिन प्रतिवेदन सार्वजनिक
  | २९ पुष २०७३, शुक्रबार १२:५६

बोलाइएन—मृतकका आफन्त

सुर्खेत । गत मंसिर २३ गते कर्णाली एक्स्पोको उद्घाटन ¥यालीका क्रममा मृत्यु भएकी छात्रा समीक्षा आचार्यको घटनाबारे छानविन गर्न जिल्ला शिक्षा कार्यालयद्धारा गठित समितिले प्रतिवेदनको केहि अंश सार्वजनिक गरेको छ ।

back-samikxya

कर्णाली एक्स्पो २०१६ अन्तर्राष्ट्रिय मेलाको उद्घाटन सत्रको ¥यालीमा होराइजन एकेडेमी वीरेन्द्रनगरमा कक्षा ९ मा अध्ययनरत छात्रा समीक्षा आचार्यको उपस्थिति लगायतका विषयमा छानविन गर्न गठित समितिको प्रतिवेदनको सारांश र सो सम्वन्धमा जिल्ला शिक्षा समिति सुर्खेतले गरेको निर्णय एक कार्यक्रमका बीच बिहिबार सार्वजनिक गरिएको हो ।

उक्त कार्यक्रममा सहभागीहरुले समितिले प्रतिवेदन नभई निर्देशन पत्र सार्वजनिक गरिएको भन्दै कडा आलोचना गरे । अनेरास्ववियु सुर्खेतका अध्यक्ष प्रेम खडकाले छानविन समितिले तयार गरेको प्रतिवेदन नाम फरक राखेर भएपनि सार्वजनिक गर्न माग गरे ।

‘समीक्षाको मृत्यू भएको १३ दिनपछि उद्योग बाणिज्य संघले श्रद्वाञ्जली अर्पण गर्नु उचित हैन ।’ उनले भने ‘हामीले माग गरे पश्चात गठन भएको शक्तिशाली छानविन समितिले घटना कहाँ कसरी र किन घटेको हो, सो को जिम्मेवार को हुन ? यी लगायतका प्रश्नको उत्तर कसले दिने ?’ अध्यक्ष खडकाले समीक्षाको मृत्यु भएको उक्त घटना गम्भिर हुदाहुदै पनि घटनाको सत्य तथ्य सार्वजनिक नगरिनु आपत्तिजनक भएको बताए ।

उनले भने ‘यो समितिको प्रतिवेदन होइन यो निर्देशन हो ।’ समितिले छानबिन गरेको घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै अध्यक्ष खड्काले भने ‘हामीलाई यो निर्देशन होइन प्रतिवेदन नै चाहिन्छ, प्रतिवेदन सार्वजनिक भनेर बोलाउने तर निर्देशन सार्वजनिक गर्ने यो कार्यको घोर भत्र्सना गर्दछौं, यो स्वीकारयोग्य छैन ।’

कार्यक्रममा सहभागीहरुले उक्त प्रतिवेदनको कडा आलोचना गरे । उनीहरुले प्र्र्तिवेदन भनेर भनिएता पनि यो निर्देशन पत्र भएको भन्दै प्रतिवेदन नै सार्वजनिक गर्नुपर्ने माग गरे तर जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले छानविन समितिले प्रतिवेदन बनाउँदा नै केहि व्यक्तिले आफ्ना भनाई सार्वजनिक नगर्न भनेकाले प्रतिवेदनमा उल्लेख गरिएका कुरालाई सारांशमा राखिएको बताए ।

उनले भने ‘आफूहरु कारवाही गर्ने निकाय नभएकोले आगामी दिनमा अरुले समीक्ष जस्तै बन्न नपरोस भन्नकालागि छानविन समिति गठन गरेका हौं ।’ उनले भने ‘सबैभन्दा बढी दोष उद्योग बाणिज्य संघको प्रतिवेदनमा उल्लेख छ, कम्तिमा जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिनुपथ्र्यो ।’

जिशिअ शाहले उद्योग बाणिज्य संघ सुर्खेतले पत्र दिदैंमा विद्यार्थीलाई ¥यालीमा सहभागी गराउनु विद्यालयको पनि गल्ति भएको जनाए । उनले भने ‘अब त्यस्ता गल्ती दोहो¥याउनु हुन्न, त्यसका लागि सबैको सहकार्य, सहयोगको जरुरी छ ।’

के छ प्रतिवेदनमा ?

बिहिबार सार्वजनिक गरिएको प्रतिवेदनमा विद्यालयले समीक्षाका नाममा अक्षय कोष स्थापना गर्ने, २०७३ लाई शोक वर्षको रुपमा लिनुपर्ने, दुइ बहिनीहरुलाई निःशुल्क अध्यापन गराउनुपर्ने, व्याडमिन्टन कप सञ्चालन गर्नुपर्ने, समीक्षाको स्मृतिकालागि फोटो मार्वल प्रिन्ट गरि विद्यालय हाताभित्र राख्नुपर्ने लगायतका बुदाँहरु उल्लेख गरिएका छन ।

यस्तै सोही प्रकरणका सम्वन्धमा सुर्खेत उद्योग वाणिज्य संघले आगामी वर्षमा गरिने महोत्सवमा समीक्षाका नाममा समीक्षा स्मृति वाल उद्यान सञ्चालन गर्ने, ११ हजार १ सय ११ रुपैँयाको समीक्षा स्मृति शैक्षिक पुरस्कार स्थापना गर्ने, छात्रवृत्ति प्रदान गर्नको लागि १ लाख रुपैंयाको अक्षय कोष स्थापना गर्ने उल्लेख गरिएको छ ।

यसैबीच उक्त कार्यक्रममा १० बुदेँ प्रतिबद्वता पत्रमा समेत हस्ताक्षर गरिएको छ । उक्त पत्रमा विद्यालय शान्ति क्षेत्र रहनुपर्ने, कुनैपनि ¥याली, जुलुस सभामा बालबालिका प्रयोग गर्न नपाइने, विद्यालयका बसमा सीट अनुसार मात्रै विद्यार्थीहरु बोक्नुपर्ने, जिल्ला शिक्षा कार्यालय बाहेक अन्य संघ संस्थाले विद्यालयलाई निर्देशन दिई बालबालिका प्रयोग गर्न नपाउने, जिल्ला शिक्षा कार्यालय सुर्खेतको स्वीकृति नलिइ बालबालिकालाई ¥यालीमा सहभागि गराउने विद्यालय, उद्योग बाणिज्य संघ र प्याव्सन सुर्खेतलाई नियमन गरिनुपर्ने लगायतका रहेका छन् ।

जानकारी नै दिइएन

उता समीक्षा आचार्यका अभिभावकले जिल्ला शिक्षा कार्यालय सुर्खेतले प्रतिवेदन सार्वजनिक कार्यक्रमबारे कुनै पनि जानकारी नदिएको बताएका छन् । समीक्षा आचार्यका पिता विष्णु आचार्यले छोरीको मृत्यू प्रकरणबारेको प्रतिवेदन सार्वजनिक कार्यक्रममा नबोलाइएको प्रति गम्भिर ध्यानाकर्षण भएको जानकारी दिए ।

उनले भने ‘आफूहरुले छोरीको मृत्यू पश्चात कुनै व्यक्तिगत प्रयोजनकालागि सहयोग माग गरेका होइनौं ।’ उनले थपे ‘५ लाख रकम आफैले जम्मा गरेर समीक्षा फाउण्डेशन स्थापना प्रक्रिया सुरु गरिसकेको र उक्त फाउण्डेशनले देशै भरि बाल बचाउ तथा बाल संरक्षण सम्वन्धी काम गर्ने उदेश्यका साथ त्यसमा सहयोग गर्न आग्रह गरेका हौं ।’

विद्यालय र आफूहरुबीच अहिलेसम्म कुनैपनि सम्झौता नभएको बताउँदै आचार्यले समीक्षा अस्ताएपनि उनको नाम अमर रहोस भन्ने मात्रै आफूहरुको चाहना भएको बताए ।

समीक्षाकी आमा चन्द्रकला आचार्यले सुर्खेत उद्योग वाणिज्य संघले मनोमानी रुपमा अक्षयकोषको रकम तोकेको, छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको भन्दै असन्तुष्टि पोखिन उनले भनिन ‘संघका ती एकल निर्णयहरु हुन, हामीलाई स्वीकार्य छैन ।’

यसबारेमा बुझ्न खोज्दा जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले भन,े आफूहरुले विद्यालय निरिक्षक गजेन्द्र जि.सि.लाई बोलाउने जिम्मेवारी दिएका थियौँ, उनैले समीक्षाका आफन्तलाई सम्पर्क गरेतापनि काममा व्यस्त भएको भन्दै उपस्थित नभएको बताए । जिशिअ शाहले अभिभावकको उपस्थितिकै लागि कार्यक्रम ढीलो सुरु गरिएको तर उहाँहरु नआएको जानकारी दिए ।