☰ open Loading... 25 October 2024|  

त्रि.वि. स्ववियु निर्वाचन : दौडधुपमा विद्यार्थी नेता
  | १ माघ २०७३, शनिबार ०९:०८

सुर्खेत । त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र  विद्यार्थी युनियनको निर्वाचन नभएको करिव एक दशक बित्यो । हरेक वर्ष स्ववियु निर्वाचन गर्ने भन्दै त्रिभुवन विश्वविद्यालय प्रचार–प्रसार गर्छ तर उक्त निर्णय औपचारिक रुपमा मात्र सिमित भएको छ  ।

चालु आर्थिक वर्षको फागुनमा स्ववियु  निर्वाचन गर्ने  विश्वविद्यालयले निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालयमा गत २०६५ साल देखि स्ववियु चुनाव भएको छैन । करिव नौँ वर्षको अन्तरालमा चुनावको तयारी गरेको त्रिविले गरेको छ ।

आगामी फागुनमा हुने स्ववियुु निर्वाचनमा आफ्नो पार्टी निकट विद्यार्थीहरुलाई कसरी जिताउन सकिन्छ भनेर राजनीतिक दलहरु र तिनका भातृ संगठनहरु लागिपरेका छन । उनिहरुको एकमात्र मिसन स्ववियु चुनाव जित्ने रहेको बुझ्न कठिन छैन ।

स्ववियु निर्वाचन हुन अझै तीन महिना बाँकी छ  यद्यपि प्रत्येक विद्यार्थीहरुका भातृ संगठन र माउ पार्टीहरुका नेताहरु बीच अबको चुनावमा जीत कसरी आफ्नो पोल्टामा पार्ने भन्ने विषयमा व्यापक बहसहरु चलिरहेको छ ।

विद्यार्थी संगठनहरु मात्र होइन विभिन्न पार्टीहरुमा कुन प्यानललाई उम्मेदवार बनाउने भन्ने विषयमा  आन्तरिक रुपमा छलफल भई रहेको नाम उल्लेख नगर्ने सर्तमा एक नेताले बताए ।

दलहरु आफ्नो प्यानलको शुभचिन्तक तथा  सदस्यलाई  कुन पदमा उम्मेदवार बनाउन उपयुक्त होला भन्ने बारेमा आन्तरिक रुपमा छलफलमा व्यस्त छन्  । कसलाई सभापति पद दिने , सचिव पदको उम्मेदवार कसलाई बनाउने र कोषाध्यक्षको उम्मेदवार कसलाई दिदाँ जीत सुनिश्चित हुन्छ भन्नेमा जुटेका स्रोतले जनाएको छ ।

सुर्खेतमा विभिन्न दलहरुले आफ्नो गुटका विद्यार्थीहरुलाई जिताउनका लागि विभिन्न  क्रियाकलाप संचालन गर्दै आएका छन्  । झन्डै एक दशकदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आगामी फागुन १४ मा गर्ने निर्णय भएको छ । तर स्ववियु नियमावलीको विषयलाई लिएर विद्यार्थी संगठनहरूले अडान नछाडेपछि चुनाव सम्पन्न हुने कुरामा संशय पैदा भएको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्थापना भएको ७ वर्ष नवित्दै स्ववियु निर्वाचन सम्पन्न गरिसकेको छ तर त्रिभुवन विश्वविद्यालयले दशक वित्दा समेत स्ववियु निर्वाचन गर्न सकेको छैन । अहिले पनि त्रिभुवन विद्यालयमा स्ववियु निर्वाचन हुन्छ या हुदैँन भन्दै विद्यार्थीहरु शंका गरिरहेका छन् । यता नेकपा एमाले जिल्ला कमिटीका सचिव मोहनसिंह बडुवालले शैक्षिक मुद्धाहरु सरोकारवाला बिच पु¥याउनका लागि अनेरास्ववियुलाई निरन्तर परिचालन गरिरहेको बताए ।

उनले स्ववियुको निर्वाचनमा उम्मेदवार र मतदातामा हदबन्दि लगाउनु पर्ने आवश्यता रहेको भन्दै हदबन्दी नलगाए सम्म वास्तविक विद्यार्थीहरु पहिचान गर्न नसकिने बताए । उनले सिद्वदर्शन दैनिकसँग भने ‘यो हदबन्दी  मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा लागु भई सकेको छ अब त्रिभवन विश्वविद्यालयले पनि लागु गर्नु पर्छ  ।’ उनले आगामी फागुन १४ गते जसरी भए पनि स्ववियु चुनाव गर्नुपर्ने बताए ।

यसै गरि सुर्खेतमा नेपाली कांगे्रस, र माओवादी केन्द्र लगायत अन्य दलहरु ंसमेत आफ्ना विद्यार्थी संघ संगठनहरु चूनावको तयारीका लागि परिचालन गरि रहेको स्रोतले जनाएको छ ।

स्ववियु नियमावलीमा स्ववियु चुनावमा उम्मेदवार बन्ने विद्यार्थीको उमेर हद बढीमा २८ वर्ष हुने उल्लेख छ । यो नियमावली २०७२ सालपछि कार्यान्वयन हुने भनिएको छ । तर उमेर हद लागू हुनुपर्छ कि हुनहुन्न भन्ने विषयमा प्रमुख विद्यार्थी संगठनहरूबीचको मतभेद कायमै छ ।

स्ववियु चुनावमा प्रमुख राजनीतिक दलनिकट विद्यार्थी संघ–संगठनबीच झडप पनि हुने गरेको छ । क्याम्पसहरूमा विद्यार्थीबीच तनाव उत्पन्न हुने गर्छ ।

उमेर हद, नक्कली भर्ना, राजनीति र अनावश्यक तनाव पैदा हुने कारणले कतिपय विज्ञहरू स्ववियु चुनावकै औचित्यमाथि पनि प्रश्न उठाउँछन् ।

उनीहरु दलका भ्रातृ संगठनका बीच यो चुनाव राजनीतिक प्रतिष्ठाको विषय बन्ने गरेको बताँउछन ।

उनिहरु स्ववियु निर्वाचनले विद्यार्थीमा सकारात्मक परिवर्तन ल्याउनु पर्ने भन्दै राजनीतिक दलहरुका भातृ संगठनहरुमा त्यस्तो संस्कारको विकास गरिनुपर्ने औंल्याउँछन ।