☰ open Loading... 18 October 2024|  

शिव मन्दिरको उद्घाटन
  | १ माघ २०७३, शनिबार १५:५४

हुम्ला । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले आज हुम्लामा शिव मन्दिरको उद्घाटन गरेका छन् ।

कर्णाली र चाङ्ला नदीको सीमानामा पर्ने हुम्लाको खापुनाथ गाविसमा अवस्थित उक्त मन्दिरमा उहाँले पूजाअर्चनासमेत गर्नुभएको प्रजिअ डा कृष्णबहादुर घिमिरेले जानकारी दिए । सो अवसरमा मन्त्री शाहीले महिला, बृद्धबृद्धा, बालबालिकालाई आफूले सक्दो सहयोग गर्ने बताएका छन् ।