☰ open Loading... 18 October 2024|  

विहेदेखी मन्त्रीसम्म बन्ने गायिका कोमल ओलीकाे याेजना
  | २ माघ २०७३, आईतवार १०:३६

koमल ओली गायिका मात्र होइनन् सेलिब्रेटी पनि हुन । रेडियो नेपालकी चर्चित समाचारवाचिका ओली चलचित्रमा अभिनय गर्ने देखी हालै मात्र राजनीतिमा प्रवेश गरेर थप चर्चामा छिन । उनको अर्को फरक पाटो पनि छ, समाजलाई पचाउन गाह्रो हुने गरी गीत गाउने शैली । आफ्नो उमेर गोप्य राख्न चाहाने यी सुन्दरी अझै अविवाहित छन् । नेपालपाटीका लागि बविता ढकालसंगको अन्तरंग कुराकानीमा उनले छिट्टै विहे गर्ने लगायतका योजनाहरु खुलाइन ।

विहे गर्ने रहर पलाएर आयो
‘मनमा वर छ विहे गर्ने रहछ, तर भनौँ कसरी ?’ यो कुनै गीतको बोल नभएर चर्चित लोक गायीका ओलीको मनकै कुरा हो । उमेर ढल्कीदा समेत अविवाहित गायीका ओली वितेका वर्षहरु भन्दा फरक धारणा बनाउन थालेकी छिन, विहेका सन्दर्भमा । उनले भन्न थालेकी छिन ‘यसपाली त पक्का विहे गर्नुपर्छ भन्ने लागिरहेको छ ।

komal-oli1

दाङको टिकरीमा एउटा मध्यम वर्गीय परिवारमा दोश्रो सन्तानको रुपमा जन्मियकी ओली आमाको प्रेरणाले गायीका बनेको बताउँछिन ।

‘हे धान बाला पहेलै प¥यो बरको छायाँले, हेर दाजै रिङ्दै आको घुम्दै आको तिम्रै मायाले, आहा तिम्रै मायाँले, शीरैमा शीर फुल, लाको मायाँ ज्यान जाला नभुल’ बोलको गीत २०४४ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रिय लोकगीत प्रतियोगितामा गाएर दोश्रो भएपछि गायन क्षेत्रलाई निरन्तरता दिँदै आएको उनी बताउँछिन ।

समाचारवाचिका देखी राजनीतिक कार्यकर्तासम्म
हुन त लोक गायीका मात्रै नभई सञ्चार क्षेत्रमा पनि एउटा स्थान बनाएकी ओली चर्चित लोक गायीकाको रुपमा मात्रै नभएर सञ्चारकर्मि तथा अहिले आएर पार्टीको सशक्त कार्यकर्ता भन्न पनि रुचाउँछिन् । उनी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा प्रवेश गरेर खाँटी कार्यकर्ता बनेकी छिन । पार्टीका कार्यक्रमहरुमा सहभागी हुन उनको दौडधुप पनि निकै चर्को छ । स्कुले जीवनमा सारै चञ्चले र चकचके स्वभावकी ओलीको पढाई भने औषत नै थियो ।

उनले आफ्नो स्कुले जीवनका पानाहरु पल्टाउने कोशिस गर्दै भनिन् ‘ पढाई चाँही औषत नै हो । तर संगीत र खेलकुद भनेपछी हुुरुक्कै हुुन्थे ।’ यतिसम्मकी संगीतमा र खेलकुदमा यती धेरै उनको लगाव थियो की, सहभागी भएको प्रतियोगितामा एउटा न एउटा पुरस्कार लिएर घर फर्कनै पथ्र्यो ।

रेडियो नेपालमा काम गर्नुको आफ्नै स्वार्थ
विसं. २०४४ सालमा लोकगीत प्रतियोगितामा दोश्रो भएपछि गायन क्षेत्रमा प्रवेश गरेकी ओलीलाई रेडियो नेपालमा समाचार वाचन गर्ने निकै ठुलो धोको थियो । उनी भन्छिन, ‘रेडीयोमा समाचार भन्न पाए कति ठुलो मान्छे हुन्थे होला ।’ त्योसंग लोभ पनि जोडिएको थियो, गीत रेकर्ड गराउने । त्यही स्वार्थ वा महत्वकांक्षाका कारण उनमा रेडीयो नेपालमा काम गर्ने लालशा बढेर आयो । अन्ततः उनले २०४९ सालमा रेडियो नेपालमा सामाचर वाचनका लागि आवेदन माग गर्दा ओलीले आवेदन दिइन र उनी सफल पनि भईन ।

उनको मानसपटालमा ताजै छ, २०५० साल वैशाख ६ गते साँझ ५ बजेको समाचार पढेको । त्यसको अर्को पाटो पनि छ, समाचार पढ्ने तर अरु पत्रकारिता सम्बन्धी केही पनि नजान्ने । त्यसका लागि उनले निकै संघर्ष गरिन । सीक्ने इच्छा भएपछी उनले समाचारका विषयमा धेरै कुरा थाहा पाउन सफल भइन । सीक्नकै लागि उनले २ वर्ष गायन क्षेत्रलाई रोक्नु परेकोमा निकै दुखी भएको बताउँछिन ।

आमाले लेखेको मलमल किरि जुनकिरीले बनायो खासमा गायीका

उनी यतीसम्मकी भाग्यमानी की आफ्नै आमाले कोरेका शब्दहरुले चर्चित भइन । २०५२ सालमा आमाले लेखेको गीत जुन गीतले उनलाई चर्चित पनि बनायो । त्यो गीत अहीले पनि धेरैको जीब्रोमै छ, ‘मायालुलाई खोजि हिँडे मलमल, मलमल किरि जुनकिरी पाईन यो सालैमा ।’

यो गीतको पनि एउटा मिठो स्मरण छ, उनीसंग । त्यसको भेद खोलिन उनले । ओलीकी आमा माईतीमा गएर बसेको वेलामा उनका बुवा आफ्नी श्रीमतिलाई लामो समय सम्म लिन नगएपछि त्यसको पीडामा लेखेकी रहिछिन उनकी आमाले यो गीत।

पोइल जान पाम् भन्दा आमाले नै नाक खुम्च्याईन
गायनकै कुरा गर्ने हो भने पनि कोमल ओलीका निकै विवादास्पत गीतहरु पनि छन्, जसले उनलाई निकै चर्चामा मात्र नभएर विवादमा समेत पा¥यो ।

एक अविवाहित महिलाले समाजको घेरा नाघेर खुलम खुल्ला पोइल जाने अनुमति मागिन गीत मार्फत । हरेक तीजमा उनको शिब भगवानसंग श्रीमान नदिएकोमा गुनासो हुने गर्छ, कुनै न कुनै रुपमा । यही मेसोमा जन्मिएको थियो ‘पोइला जान पाम…..’ । यो गीतको सन्दर्भमा अर्को कुरा पनि खुलाइन ओलीले । हाँस्दै भनिन,‘ यो गीत सुन्दा आमा रिसाउनुु भयो । उहाँलाई सम्झाउन सक्ने क्षमता नै थिएन म संग ।’ आमाको त्यो कुराले उनलाई कता कता दुःखी बनाएको पनि थियो रे । तर बाबुको भने निकै साथ पाएको पनि बताईन् । भन्छिन कसैले आलोचना र गाली दिन्छ भने आमालाई सम्झिन्छु र माया र प्रेरण मिल्ले कुर कसैले सुनाउँछ भने बुवालाई सम्झिन्छु ।

उनी भन्छिन, ‘कसैले मेरो विषयमा विवाद उठाउँछ वा मेरा गीतका कुरामा आलोचना गर्छ भने मलाई कहिल्यै रीस उठ्दैन । त्यो आलोचना नै म अझ उचाइमा पुग्ने माध्याम हो । त्यसैले म मेरो कुरा काट्नेलाई सधै मित्र मान्दछु । जसबाट मलाई अझ हौसला मिल्ने गर्छ । यही गीतले आलोचना खेप्यो भने त्यही गीत हर कोहीको मुखमा पनित झुण्डीएको छ ।’

गीत संगितका विषयमा उनको फरक बुुझाई छ । ओली भन्छिन, ‘संगीतमा ग्लामर हुनु पर्छ । ग्लामर बीनाको संगीतमा मीठास हुँदैन ।’

ती मान्छे मनमा बसिसके, साइत जुराउन मात्र बाँकी
यही विहेकै प्रसङ्गमा उनी अझैम्म पनि खुलेकी छैनन् । भन्छिन, ‘साईत अझै जुरेको छैन । मनमा वर छ । विहे गर्ने रहर छ, तर भनौ कसरी को भनेर ?’
ओलीलाई विहेको प्रस्ताव त कति आए कति । कतिपयले त मन पनि चोर रे । उनको जीवनमा धेरै व्यक्ति आए । कोही प्रेमी बनेर आए, कोही विहेको प्रस्ताव नै लिएर आए । अझैसम्म अलमलमा छिन, उनी ।

उनको मनमा एउटै कुरा खड्कीरहन्छ रे ! विहे गरे कतै गायीका, सञ्चारकर्मी भनेर चिनिने कोमल ओलीको अस्तित्व विलाएर जान्छ की ? ओलीले विहेका सन्दर्भ निकाल्नेहरुलाई हाँसेर धेरै वर्षदेखी भन्दै आएका तिनै पुराना प्रश्नहरु उमेर पनि त कहाँ भएको छ र ? अर्को उपयुक्त उमेर आएकै छैन ? तेस्र्याउने पनि गर्छिन । हुन त उनलाई घरपरिवारको दवाब पनि कहिल्यै भएन, विहेका लागि । उनले भनिन, ‘विहेका लागि कहिल्यै परिवार दवाव दिएनन् । म यस मामिलामा भाग्मानी छु ।’

दाङबाट चुनाव लडेर मन्त्री बन्ने अठोट
‘अव राजनीतिमा हात हालियो समाज रुपान्तरणका लागि राजनीतिमा लागेको छु । पार्टीले टिकट दिए, जनताले रुचाए मन्त्रीसम्म बन्ने लक्ष्य छ ।’ बिना हिच्किचावट उनले आफ्नो उद्देश्य सुनाइन । गृह जिल्ला दाङबाट चुनाव लड्ने उनको योजना छ । गायीका भएर जसरी नाम कमाएकी छु, त्यसरी राजनीतिमा पनि राम्रो काम गरेर देश र जनताका लागि आफ्नो जीवन अर्पण गर्ने प्रतिवद्धता छ, उनको ।

अर्को, राजनीतिमा लाग्नुको एउटा छुट्टै कारण पनि छ । उनी गीत गाउनका लागी थुप्रै देशको भ्रमण गरिन । त्यहाँको विकासले गर्दा आफ्नो देशको विकासका लागि केही गर्नुपर्ने सोच आयो । तर, सोचले मात्रै हुँदैन देश विकासका लागि राजनीति गर्नैपर्ने उनको ठम्मयाइ छ ।

खाली हात काठमाडौँ छिरेर जोडिन घर र गाडी
दाङबाट गीत गाउन काठमाडौँ आएकी ओलीको अहिले लातिपुरको सानेपामा आफ्नै घर छ । गाडीमा सर्रर साँझको सात बजेको समाचार वाचन गर्न रेडियो नेपाल पुुग्छिन ओली । यसमा छुुट्टै आनन्द लाग्नछ रे उनलाई । ओली रेडियो नेपालकी रात्रिकालीन सिफ्ट इन्चार्ज सहित वरिष्ठ सम्पादक पनि हुन् । जीवनको सफलता लगनशिलता र मेहतसंग जोडिएको हुुन्छ । त्यसको उदारहण कोमल ओली हुन ।

nepalpati