☰ open Loading... 25 November 2024|  

धान उत्पादन एघार प्रतिशतले वृद्धि
  | २ माघ २०७३, आईतवार १९:००

दाङ । यसवर्ष गत वर्षको तुलनामा ११ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत रवीन धितालका अनुसार जिल्लामा यसवर्ष एक लाख ६९ हजार १०८ मेट्रिक टन धान उत्पादन भएको हो ।

गतवर्ष एक लाख ४९ हजार ६५० मेट्रिक टन धान उत्पादन भएको थियो । कुल ३८ हजार १०० हेक्टर जमिन धानखेती हुँदै आएकामा यसवर्ष ३६ हजार ५०० हेक्टर जमिनमा मात्रै धानखेती भएको कार्यालयले जनाएको छ ।

गतवर्ष भन्दा यसवर्ष धान उत्पादन राम्रो भएपछि किसान पनि हर्षित भएका छन् । कार्यालयका अनुसार वर्षा समयमै हुनु, उपयुक्त समयमा रासायनिक मल उपलव्ध हुनु र वर्षात नियमित भएकाले धान उत्पादन बढेको हो ।

जिल्लामा विन्देश्वरी, राधा सात, मन्सुसीजस्ता उन्नत जात तथा अन्य हाइब्रेट धान किसानले लगाउँदै आएका छन् । यसरी गत वर्षको भन्दा यसवर्ष धान उत्पादन बढेपनि यहाँका सर्वसाधारणले भने अन्य जिल्लाबाट आएको चामल खान बाध्य छन् भने धान उत्पादनमा दाङ आत्मनिर्भर भए पनि यहाँको चामल अन्यत्र जाने गरेको बताइएको छ ।