☰ open Loading... 26 October 2024|  

जलवायु परिवर्तन कम गर्न ९९ दिने अभियान
  | २ माघ २०७३, आईतवार १८:५७

काठमाडौँ । हिमाली क्षेत्रमा जलवायु परिवर्तन कम गर्नका लागि हस्ताक्षर अभियान अाइतबारदेखि सुरु गरिएको छ । हिमाली समुदाय जलवायु मैत्री सङ्गठनको आयोजनामा ‘हिमाली समुदाय हाम्रो गौरव’भन्ने मूल नाराका साथ आज माइतीघर मण्डलाबाट ९९ दिने हस्ताक्षर अभियान सञ्चालन गरिएको सङ्गठनका प्रमुख कार्यकारी अधिकृत प्रेमबहादुर बोहराले जानकारी दिए ।

उनले हिमालय क्षेत्रमा जलवायु परिवर्तनले डरलाग्दोरुपमा असर पु¥याइरहेकोेले यसलाई कम गर्नका लागि सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गर्नका लागि अभियान सञ्चालन गरेको बताए ।

अभियानमा ९९ जना युवाले काठमाडौँलगायत हिमाली जिल्लामा गई जलवायु परिवर्तन कम गर्न सहयोग पु¥याउन हस्ताक्षर सङ्कलन गर्नेछन् । उनान्सय दिनसम्म चल्ने अभियानमा एक लाख जनाको हस्ताक्षर संकलन गरेपछि हस्ताक्षर प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउने उनले जानकारी गराए ।

बोहराले अभियानकै क्रममा ग्रेट हिमालयन ट्रेललाई राष्ट्रिय गौरवको परियोजनाका रुपमा घोषणा गर्नुपर्ने, ट्रेललाई नेपाल सरकार र अन्तर्राष्ट्रिय रुपमा जलवायु अनुकूलन भूपरिधीका रुपमा मान्यता दिनुपर्नेजस्ता कुरा पनि उठाइनुपर्ने माग गर्दै हस्ताक्षर गरिने बताए ।

अभियानमा पूर्वविज्ञान तथा वातावरण मन्त्री गणेश शाह, सङ्गठनका अध्यक्ष आङछिरिङ शेर्पा लगायतको उपस्थिति रहेको थियो ।