☰ open Loading... 3 May 2024|  

नेल्टा क्लवकाे अायाेजनामा विद्यालयमा वक्तित्वकला
  | ३ माघ २०७३, सोमबार १८:४९

नेपाल अंग्रेजी भाषा शिक्षक संघ सुर्खेतले आयोजना गर्न लागेको जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा सहभागी हुन प्रत्येक विद्यालयबाट नेल्टा क्लबहरुले धमाधम वक्तित्वकला प्रतियोगिता गर्दै छनौट गरिरहेका छन् ।

amer

यसै क्रममा विभिन्न विद्यालयमा गठन भएका नेल्टा क्लवहरूकाे अायाेजनामा प्रतियाेगिता गरेका छन् । अमरज्योति माध्यामिक विद्यालय, नेवारेमा जीवनमा अनुशाशनको महत्व विषयक वक्तृत्वकला प्रतियोगितामा गोपाल ठाडा, ब्राइटल्याण्ड माध्यामिक विद्यालय, पिपिरामा योगेश शर्मा र शुभलक्ष्मी एकेडेमी धुलियाविटमा समिक्षा तिवारी प्रथम भएका छन् । उनीहरूले जिल्ला स्तरको प्रतिष्पर्धामा सहभागी हुन छनाैट भएकाे नेल्टा सुर्खेतका सचिव धनीराम शर्माले जानकारी दिए ।

माघको दोस्रो साताभित्र सबै विद्यालयमा रहेका नेल्टा क्लबहरूले विद्यालय स्तरको प्रतियोगिता सम्पन्न गरी सक्ने र त्यसपछि लगतै जिल्ला स्तरको प्रतियोगिता आयोजना गर्ने, फोकल पर्सनहरूको जिल्ला भेला गर्ने र थप कार्यक्रमहरूको बारेमा रणनीति बनाउने नेल्टा सुर्खेतका अध्यक्ष विष्णु कुमार खड्काले बताए ।

नेल्टा सुर्खेतले जिल्लाका विद्यालयहरूमा अंग्रेजी भाषा शिक्षण र सिकाइ एवम अंग्रेजी माध्यमको स्तरोन्नति गर्न नेल्टा इन स्कुल अभियान सुरुवात गरेको छ ।