☰ open Loading... 26 October 2024|  

अव के गर्लान केपी अाेली ?
  | ४ माघ २०७३, मंगलवार १३:३७

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओली सरकारले संविधान संशोधन विधेयक संसदमा पेश गरेपछि चुपचाप छन् । अहिलेकै परिस्थितिमा एमाले सहित प्रतिपक्ष दलको मत संख्या हेर्ने हो भने विधेयक पास हुँदैन । तर प्रतिपक्ष गठबन्धनमा रहेका केही साना दल भने प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री पाए जाने तयारीमा छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले अन्तिम अवस्थामा एमालेले नै संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने दावी गरेका छन् । सभापति देउवाले सिंगो एमालेले मतदान नगरेपनि आधा एमालेले मतदान गर्ने दावी गर्दै आएका छन् ।

संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म कुनै पनि हालतमा संसद चल्न नदिने अडान छोडदै अध्यक्ष ओलीले तीन दलबीच भएको सहमति अनुसार संसद चल्न दिने सहमति जनाएका थिए । संसद चल्न दिने ओलीको निर्णयसँगै एमालेभित्र विवाद चर्किएको छ ।

चालिस दिनसम्म संसद अवरुद्ध गरेर विना कारण संसद चल्न दिएको भन्दै नेताहरुले नेतृत्वको आलोचना गरेका छन् । ओलीले आफ्नो सहमतिमै संसद चल्न दिएको दावी गरेका छन् । तीन दलबीच कस्तो सहमति भएको थियो भन्ने अझै पनि रहस्यमै रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र मधेसी मोर्चा विधेयक दुई तिहाई बहुमतबाट पारित हुनेमा ढुक्क देखिएका छन् । सत्तारुढ दलसँग भएको कुल मतमा दुई तिहाई पुर्याउनको लागि पाँच मत मात्र पुग्दैन । यसको लागि प्रचण्डले साना दललाई सरकारमा ल्याएर बहुमत पुर्याउने कसरत गरेका छन् ।

एमाले अध्यक्ष ओलीले कुनै पनि हालतमा विधेयक पारित गर्न नदिने अडान त लिएका छन् । तर पार्टीभित्रबाटै विद्रोह हुने परिस्थिति आए के गर्लान भन्ने चर्चा पनि पार्टीभित्र नै सुरु भएको छ ।

संविधान कार्यान्वयन गर्न र निर्वाचनको वातावरण निर्माण गर्नको लागि विधेयक पारित गराएर जानुपर्ने दबाब ओलीमाथि मधेसवादी र जनजाति नेतहरुले दिएका छन् । एमालेले अडान लिदा चुनाव नहुने निष्कर्ष निकाल्दै मधेसी र जनजाति नेताहरुले एक पटक विधेयक पास गराएर निर्वाचनमै जान दबाब दिएका छन् ।

nepalihedlines