☰ open Loading... 7 September 2024|  

बाणिज्य महासंघको प्रदेश स्तरिय भेला हुँदै
  | ५ माघ २०७३, बुधबार ०९:४७

सुर्खेत । नेपाल उद्योग तथा वाणिज्य महासंघको प्रदेश स्तरिय भेला आयोजक कमिटी गठन गरिएको छ । विजयकुमार गुप्ताको संयोजकत्वमा ३४ सदस्यीय मूल कमिटी गठन गरिएको छ । सहसंयोजकमा नवराज सिंह, सचिवमा इन्द्रबहादुर पुन चयन भएका छन् ।

सदस्यहरुमा लोकबहादुर थापा, जिवनकुमार शर्मा, मिनबहादुर थापा, अर्जुनजंग शाही, चिन्तामणी शर्मा, विष्णुबहादुर शाही, बसन्तकुमार विक, लंकबहादुर शाही, हरि डांगी, दिल्ली केसी, चन्द्रलाल न्यौपाने, पद्मा खड्का, हेमन्त गिरी, खगेन्द्र थापा, प्रकाश पौडेल चयन भएका छन् ।

त्यसैगरी उपेन्द्र शाही, पूर्णकेशर सुवेदी, कलाधर उपाध्याय (केदार), इन्द्रबहादुर खड्का, प्रकाश थापा, सुरज कार्की, केशव शर्मा, मानबहादुर खड्का, चन्द्रबहादुर रावत, चित्रबहादुर खत्री, रिमलाल रामदाम, चक्रबहादुर घर्ती, डिल्लीप्रसाद पाण्डे, दीपक बुढा, पञ्चरत्न शर्मा, सुर्यबहादुर रावत चयन भएका छन् ।

प्रदेश स्तरिय भेलालाई सफल पार्न ४ वटा उपसमिति गठन गरिएको छ । सचिवालय संयोजकमा इन्द्रबहादुर पुन, सहसंयोजकमा बसन्त विक, सदस्यहरुमा पूर्णकेशर सुवेदी, उपेन्द्र शाही, मानबहादुर खड्का, पद्मा खड्का, जिवनकुमार शर्मा चयन भएका छन् ।

आर्थिक परिचालन उपसमिति विष्णुबहादुर शाहीको संयोजकत्वमा गठन गरिएको छ । सहसंयोजकमा लोकबहादुर थापा, सदस्यहरुमा खगेन्द्र थापा, खेमराज रावत, कलाधर उपाध्याय (केदार) चयन भएका छन् ।

प्रचार प्रसार उपसमिति संयोजकमा चिन्तामणी शर्मा, सहसंयोजकमा दिपक बुढा र सदस्यहरुमा केशब शर्मा, सूर्यप्रकाश कँडेल, दिपेन्द्र वली चयन भएका छन् । त्यसैगरी व्यवस्थापन उपसमिति चक्रबहादुर घर्ती संयोजक, सहसंयोजकमा प्रकाशचन्द्र थापा, सदस्यहरुमा कविलाल जैसी, कृष्णकुमार केसी, मायाराम जैसी चयन भएका छन् ।

उक्त प्रदेश स्तरिय भेला २०७३ माघ १७ गतेदेखि वीरेन्द्रनग सुर्खेतमा आयोजना गर्ने र भेलामा एमाले उपाध्यक्ष एवं प्रदेश नं. ६ का संयोजक युवराज ज्ञावलीलाई प्रमुख आतिथिका रुपमा रहने जनाइएको छ । महासंघमा आवद्ध घटक संगठनका प्रत्येक संगठनले कम्तीमा ५ देखि ७ जना प्रतिनीधिहरुलाई अनिवार्य उपस्थिति गराउने निर्णय गरेको छ ।

नेपाल उद्योग तथा वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं प्रदेश नं. ६ का संयोजक विजयकुमार गुप्ताको अध्यक्षता, नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका अध्यक्ष धु्रवकुमार शाहीको प्रमुख आतिथ्यता र महासंघका उपाध्यक्ष एवं लोकतान्त्रीक व्यवसायी महासंघका महासचिव डेकनाथ गौतमको विशेष आथित्यतामा बैठक सम्पन्न भएको थियो ।