☰ open Loading... 26 July 2024|  

दलिय अाडमा पत्रकारीता नगर्न सञ्चारमन्त्रीकाे अाग्रह
  | ५ माघ २०७३, बुधबार १५:०३

सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारहरुलाई दलिय छापबाट अलग रही व्यवसायीक पत्रकारीता गर्न आग्रह गरेका छन् । दाङको तुलसिपुरमा राष्ट्रिय समाचार समितिको भवन सिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले पत्रकारले लेखेकै भरमा पाटी नचल्ने भन्दै व्यवसायीक पत्रकारिता गर्न सञ्चार माध्यम र पत्रकारलाई आग्रह गरेका हुन । उनले सरकारी कर्मचारिहरुलाई पनि दलिय एजेण्डामा केन्द्रित नभई व्यवसायीकरुपमा कार्यथलोमा खट्न अाग्रह गरे ।

फायल तस्वीर
फायल तस्वीर

सबै जातजाति नमिले सम्म गणतन्त्र अगाडी बढन नसक्ने बताए । बाहुन क्षेत्रीले दलित, जनजाती, महिलाको विस्वास जित्ने र दलित जनजातीहरुले अरु समुदायको विश्वास नजित्दासम्म आन्दोलनका उपलब्धीका रुपमा प्राप्त गणतन्त्र सहज रुपमा अगाडी बढन नसक्ने उनकाे धारणा थियाे ।

मन्त्री कार्किले संघिय संरचनामा बन्ने गाउँपालीकामा रहने हुलाक कार्यालयबाटै एफ एम रेडियोको लाइसेन्स नविकरण, खारेज जस्ता कार्य हुने व्यवस्था गर्न लागिएको जानकारी दिए । उनले अहिले एफ एम रेडियोहरुलाई तोकिएको नविकरण दस्तुर र कर यसै वर्षदेखी घटाउने व्यवस्था गर्न निर्देशन दिइसकेको पनि दावी गरे ।

यसअघि रिपोर्टस क्लबले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सञ्चारमन्त्री सुरेन्द्र कार्किले अव केहि दिनमै मुलुकका प्रमुख राजनितिक दलहरु एकै ठाउंमा आउने दावी गरे । त्यसका लागी दलिय सहमती नजिक पुगीसकेको पनि उनले खुलासा गरे ।

‘अव सहमतीको प्रक्रिया अन्तिम चरणमा पुगीसकेको छ, मधेशवादी दलहरु पनि अव सहमतीको नजिक आइसकेका छन, संभवतः एक सातामै सहमतीको ढोका खुल्ने छ’ सञ्चारमन्त्री कार्कीले भने ।

याे पनि पढ्नुस् : पूँजीवादी पत्रकारले माओवादीका समाचार लेखेनन् : सञ्चारमन्त्री कार्की