| ६ माघ २०७३, बिहीबार १७:३८
जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ । रत्न राजमार्ग अन्तरगत वीरेन्द्रनगर–छिन्चु सडक खण्डका सुब्बाकुनामा चेकजाँचको क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर ६ का श्याम गुरुङ र कपिल राना छन् । उनीहरुको साथबाट सात पुडिया लागु औषध (ब्राउनसुगर) बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतको विशेष शाखाले जानकारी दिएको छ ।
गुरुङ र राना शंकास्पद अवस्थामा हिडिरेहेका बेला चेकजाँच गर्दा लागु औषध फेला परेको प्रहरीको भनाई छ । उनीहरुमाथि थप अनुसन्धान अगाडी बढाएको प्रहरीको विशेष शाखाले जानकारी दियो ।