☰ open Loading... 26 October 2024|  

दैलेखमा पर्यटन महोत्सव घोषणा
  | ६ माघ २०७३, बिहीबार १७:४४

दैलेखमा पर्यटन महोत्वस २०७३ को विहिवार एक समाहरोहविच औपचारिक घोषणा गरिएको छ । जिल्लाका पर्यटकिय क्षेत्रको उजार्गर तथा ईतिहास लेखनका लागि पर्यटन महोत्सवको घोषणा गरिएको आयोजकले घोषणा सभामा जानकारी दिएको हो ।

रिपोर्टर्स क्लव दैलेखमा आयोजित कार्यक्रममा महोत्सव मुल समितिका संयोजक विष्णुप्रसाद शर्माले जिल्लामा पर्यटकहरुको गन्तब्य बनाउन ईतिहास लेखन र महोत्सवले महत्वपूर्ण भुमीका खेल्ने दावी गरे । जिल्लामा थुप्रै ऐतिहासिक बस्तु तथा धार्मीक, सास्कृतीक कुराहरु छरिएर रहेको भएपनि लेखन कार्य नभएको भन्दै दैलेखमा संचारकर्मीहरुले महोत्सवको आयोजना गर्न लागेका हुन् ।

धुव्रतारा एफएम, रिपोर्टर्स क्लव दैलेख, धमाका दैनिक, साझा प्रतिविम्व साप्ताहिक, तिनचुले साप्ताहिकको आयोजनामा फागुन १२ गतेदेखी २२ गतेसम्म दैलेख सदरमुकाममा पर्यटन महोत्सव हुन लागेको हो । १२ सदस्यीय मुल समितिको ३ जना सहसंयोजक रहेका छन् । सहसंयोजकमा गोविन्द केसी, चक्र केसी र तिर्थ भण्डारी रहेका छन् । १२ वटा उपसमिति गठन समेत भई काम भैरहेको आयोजकले जनाएको छ ।

विद्हरुले जिल्लाका ईतिहास, साँस्कृत सम्पदा, धार्मीक क्षेत्र लगायतका कुराहरु लिपिवद्ध रुपमा ईतिहास लेख्ने छन् । संयोजक शर्माका अनुसार कम्तिमा ६ महिना ईतिहास लेख्न विद्हरुले समय दिनेछन् । समुद्र सतहबाट ५४४ मिटर उचाईमा रहेको तल्लोडुङ्गेश्वरदेखी ४८ सय ६८ मिटर उचाई महावु लेकसम्म फैलिएको छ ।

यहाँ जैविक तथा साँस्कृतिक विविधताले भरिपूर्ण छ । ऐतिहासिक, धार्मिक, पुरातात्विक, महत्वको जिल्ला भएपनि ठोस ईतिहास लेखन कार्य नभएकोले यसको सुरुवातसँगै पेट्रोलियम पदार्थको उत्खनन र जिल्लाका बिभिन्न खोलाबाट हजारौं मेगावाट विद्युत उत्पादन गर्न सकिने संभावनालाई उजागर गर्दै दैलेखको समग्र आर्थिक अवस्था सुधारमा टेवा पुग्ने उद्धेश्यले दैलेख पर्यटन महोत्सवको सुरुवात गरिने भएको छ ।

विभिन्न जातजातिको उद्गम स्थल, नेपाली भाषाको पहिलो स्तम्भ, धार्मीक तथा पर्यटकीय क्षेत्रहरुको धेरै संभावना भएकोले यसको चरणबद्ध बिकास गर्न र राज्यको नीतिगत तहसम्म दैलेखको उपस्थिती जनाउनका महोत्सवको मुख्य उदेश्य रहेको संयोजक विष्णुप्रसाद शर्माले बताए ।

जिल्लाका पत्रकार, राजनितिक दल, बैंकका प्रमुखहरु, कार्यालयका प्रमुखहरु, संघसंस्थाका प्रमुखहरुसंग महोत्सवबाट जिल्लालाई हुने उपलब्धीका बारेमा छलफल समेत भएको छ । महोत्सवको तयारी ५० प्रतिशत सकिएको आयोजकले बताएको छ ।