☰ open Loading... 7 September 2024|  

यथास्थितीमा राप्रपाले संशोधन प्रस्तावमा समर्थन नगर्ने
  | ७ माघ २०७३, शुक्रबार १५:०६

सुर्खेत । राप्रपा नेपालले यथास्थितीमा सरकारले संसद्मा दर्ता गरेको संशोधन प्रस्तावमा समर्थन नगर्ने जनाएको छ । पार्टी एकतापछि ३७ सिट रहेको राप्रपा नेपालका पार्टी अध्यक्ष कमल थापाले ट्वीट गर्दै यथास्थितीमा संशोधन प्रस्तावमा समर्थन नगर्ने जनाएका हुन् ।

राप्रपा नेपालका सह–प्रवक्ता मोहन श्रेष्ठले अहिलेकै अवस्था कायम राख्ने, पूरा शक्तिसहित थप मन्त्री पठाउने, भइरहेका मन्त्री फिर्ता बोलाउने सवै विकल्प खुल्ला छ भनेर केही दिन अघि मात्र ट्वीट गरेका थिए ।

kthapa
सह–प्रवक्ता श्रेष्ठको ट्वीटमा जवाफ दिँदै हिल इलाइटले लेखका छन् ‘एउटा निश्चित अडान लिन ढिला भइसक्यो, आखिर बार्गेनिंग के मा हुँदैछ ? कम वीन ओभर अस भनेजस्तो देखियो ।’

अध्यक्ष थापाले हिलको ट्वीटमा जवाफ दिँदै भनेका छन्,–‘अडान स्पष्ट छ, पार्टीले राष्ट्रहित विपरित ठहर गरेको संविधान संशोधन विधयकलाई यथास्थितीमा राप्रापाले कदापी समर्थन गर्दैन, कसैमा द्वुविधा नरहोस् ।’