☰ open Loading... 15 October 2024|  

राष्ट्रिय कलाकारको आगमनले महोत्सवमा दर्शकको घुइचो
  | ७ माघ २०७३, शुक्रबार १८:२६

बर्दिया, (गुलरिया) । बर्दियाको गुलरिया नगरपालिकामा संचालन भइरहेको “मध्यपश्चिमाञ्चल क्षेत्रिय पर्यटन, कृषि औद्योगिक, व्यापार एवम् माघी महोत्सव ०७३” मा राष्ट्रिय स्तरका चर्चित कलाकारको दैनिक सहभागिताले रौनक थपेको छ । उनीहरूले आफ्ना गीतसंगीतबाट दर्शकलाई नचाएपछि मेलाको रौनक दिनदिनै बढेको हो ।

bardiya
बर्दियामा क्षेत्रिय पर्यटन, कृषि औद्योगिक, व्यापार एवम् माघी मेलामा कलाकार अवलोकनकर्ताको पहिलो रोजाइमा परेका छन । कलाकारको नामले अवलोकनकर्ताको उपस्थितिमा फरक पर्ने गरेको मेला आयोजक गुलरिया उद्योग वाणिञ्य संघ बर्दियाका अध्यक्ष तथा संयोजक अम्वर खड्काले बताए । खड्काले चर्चित कलाकार आउने दिन अवलोकनकर्ता उल्लेख्य हुने गरेको भने । बालबालिका, युवादेखि वृद्धवद्धासम्मले कलाकारलाई पहिलो रोजाइमा राख्ने गरेका छन

पुस, माघ र मंसिर मेलाको समय भएकाले पनि कलाकार व्यस्त हुने गर्छन । यो तीन महिना गायकगायिका तथा हास्य कलाकारको देशमा भएका विभिन्न महोत्सव तथा मेलाहरुमा उपस्थिती रहने महिना पनि हो । बर्दियामा जारी मेलामा पनि राष्ट्रिय स्तरका चर्चित कलाकार आउने क्रम बढ्दै गएको छ ।

मेलाको आठौं दिन कमल खत्रिले आफ्ना गितहरु मार्फत दर्शकहरुलाई नचाएका थिए । खत्रिर्ले म गित हु तिम्रोर्’ चोखो मायार्’ तिमि आयौ मेरा सपनीमार्’ राखेर मेरो प्रेम पत्र’ आखाँमा तिम्रो लगाएतका गितहरु प्रस्तुत गरिरहदा दर्शकहरुले भिड झनै हौसीयको थियो ।

सधै लामो कपालमा देखिने खत्रि विहीवार भने न्यू लुक सानो कपालमा देखिएका थिए । आठ हजार भन्दा बढि दर्शहरुले खत्रिको हरेका गीतको प्रस्तुतीमा नाचेर साथ दिएका थिए ।

हरेक गीत पछिको दर्शक दिर्घाबाट आएको वन्स मोरको क्रममा कमल खत्रिले लगातार नौं वटा गित गाएका थिए । गित गाउने क्रममा खत्रि दर्शक दिर्घामै गएर गित गाउदा भने प्रहरीलाई दर्शकहरुलाई समहाल्न हम्मे हम्मे परेको थियो ।

विहिवार नै गायिका सृजना खत्रि, नायिका अन्जली अधिकारीले आफ्नो प्रस्तुती गरेका थिए भने कलाकार रमा न्यौपानेर्को ब्लास्ट हुनेवाला छ मेरो जवानी’को गीतको बोलमा नृत्य गर्दा दर्शहरुको राम्रो साथ पाएकी थिइन ।

महोत्सवको आठौं दिन आईसक्दा हाल सम्म प्रमोद खरेल, शिव परियार, नविन पौडेल र रामजी खाड लगाएतले यस महोत्सवमा आफ्नो प्रस्तुतीले दर्शकहरुको मन जितेका थिए ।

महोत्सवमा शुक्रवार बद्रि पङ्गेनी, सरिता प्रजापति र मनिष खड्का आउने भएका छन भने शनिवार सुनिल गिरी आषा रावत लताएतको कलाकारको टोली आउने कुरा मेला व्यवस्थापनका बिद्यार्थी साहले बताए साथै माघ ९ गते अहिलेका चर्चित कलाकार नायक अनमोल के.सी. समेत आउने साहले भने । गत पुस २८ गते देखि संचालित यो महोत्सव माघ ९ गते सम्म संचालनमा रहने छ ।