☰ open Loading... 14 July 2024|  

युपीसँग जोडिएका नेपाल–भारत सीमा नाका ४८ घन्टा बन्द हुने
  | ८ माघ २०७३, शनिबार २०:५४

बर्दिया– भारतको उत्तर प्रदेशसँग जोडिएको नेपाल–भारत सीमा नाका माघ १२ गते बिहान ७ बजेदेखि ४८ घन्टाका लागि बन्द हुने भएको छ ।

nepal-india

 भारतको उत्तर प्रदेशमा विधानसभाको चुनाव हुन लागेकाले माघ १२ गते अर्थात् जनवरी २५ तारिख बिहान ७ बजेदेखि नेपाल–भारत सीमा ४८ घन्टाका लागि बन्द हुने बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिए ।

चुनावलाई मध्यनजर गर्दै शान्ति सुरक्षा प्रदान गर्न भारतको बहराइच नानपारामा शनिबार बसेको नेपाल र भारतका सुरक्षाकर्मीको बैठकबाट अत्यावश्यक साधन एम्बुलेन्सबाहेक सीमा क्षेत्र बन्द गर्ने निर्णय भएको उपरीक्षक बोहोराले जानकारी दिए। रासस