☰ open Loading... 26 July 2024|  

खलोप्रथा त्याग्दै दलित
  | ९ माघ २०७३, आईतवार १४:२५

रुकुमकोट ३ का ५९ वर्षीय भद्रबहादुर विकले आरनमा काम गर्न थालेको ४३ वर्ष भयो । विकले १६ वर्षको उमेरदेखि निरन्तर परम्परागत आरनमा काम गर्दै आएका छन् ।

balighare_pratha

३८ वर्षसम्म निरन्तर खलोप्रथाबाट आरन सञ्चालन गरेका विक २०६९ सालयता ज्यालामा आरन चलाउँछन् । खलोमा भन्दा ज्यालामा आफूलाई सम्मान महसुस भइरहेको विकले बताए ।

सोही ठाउँका कुलबहादुर विकले खलो माग्न छाडेको ५ वर्ष पुग्नै लाग्यो । उनका अनुसार आरनमै पुगेर ग्राहकहरूले नगद बुझाएर चाहिएको सामग्री खरिद गरेर लैजान्छन् । कुलबहादुरले भने, ‘कोही–कोही साहुले त दुईरतीन दिन नगई खलो दिँदैनथे, ज्यालामा काम गर्न थालेपछि आम्दानी पनि भनेअनुसारकै छ ।’

भद्रबहादुर र कुलबहादुरसहित रुकुमकोटमा सञ्चालित दुइटा परम्परागत आरनमा काम गर्ने २० घरपरिवार दलितले खलोप्रथा त्यागी ज्याला दरमा काम गर्न थालिसकेका छन् । खलोप्रथाले घरव्यवहार चलाउन मुस्किल भएपछि सबैले एकैपटक खलोप्रथा त्यागेर २०६९ सालदेखि ज्यालादारीमा काम गर्न थालेको कुलबहादुरले बताए ।

खलोप्रथा त्यागेसँगै उनीहरूले गाउँमा दुइटा सामूहिक आरन सञ्चालन गरेका छन् । उनीहरूले १०–१० जनाको समूह बनाएर सामूहिक आरन सञ्चालन गरिरहेका हुन् ।

अर्का व्यवसायी भीमबहादुर विकले आफूहरूले एउटै सामग्री २ सय ५० देखि दस हजार मूल्यसम्मका निर्माण गर्ने गरेको बताए । रुकुमकोट र त्यस आसपासमा हँसिया, चक्कुसहित अन्य साना सामग्री बढी खपत हुने गरेका छन् ।

ईकान्तिपुर