☰ open Loading... 20 April 2024|  

५ नम्वर प्रदेशको वन उपभोक्ता महासंघ कार्यालय दाङमा
  | ९ माघ २०७३, आईतवार १८:२७

सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको ५ नम्वर प्रदेशको कार्यालय दाङमा रहने भएको छ । ५ नम्वर प्रदेशमा रहेका १० वटा जिल्लाहरुका अध्यक्ष र महासचिवहरुको आज बाँकेको नेपालगञ्जमा सम्पन्न प्रादेशिक भेलाले प्रदेशको कार्यालय दाङमा राख्ने निर्णय गरेको हो ।

प्रादेशिक कार्यालयको सचिवालयका रुपमा काम गर्नकालागि भेलाले जिल्ला महासंघ दाङलाई जिम्वेवारी पनि दिएको छ । वन महासंघ ५ नम्वर प्रादेशीक समितिका संयोजक महम्मद कर खाँको अध्यक्षता एंव महासंघका कन्द्रीय अध्यक्ष गणेश कार्कीको प्रमुख आतिथ्यतामा भएको भेलाले डढेलो सचेतना अभियान सञ्चालन गर्ने, बैज्ञानिक वन र साझेदारी वनका बिषयमा सवै जिल्लाहरुका छलफल चलाउने पनि निर्णय गरेकाे छ ।

यस्तै वन अतिक्रमण हटाउन पहल गर्ने, तराई भूपरिधि कार्यक्रमसँग समन्वय गरी कार्यक्रम गर्ने लगायतका निर्णय गरेको भेलामा सहभागि वन महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटाले जानकारी दिए ।