☰ open Loading... 2 May 2024|  

महिलाको आर्थिक सवलिकरणमा अनुसन्धान शुरू
  | ९ माघ २०७३, आईतवार १९:३४

सुर्खेत । सुर्खेतमा रहेका महिलाहरुको आर्थिक सवलिकरणका विषयमा अनुसन्धान शुरु भएको छ । जिल्लाको पूर्वी क्षेत्र घोरेटादेखि पश्चिमको लगामसम्मका महिलाहरुको आर्थिक अवस्था कस्तो छ, कसरी उद्यमशीलतामा अग्रसर छन भन्ने विषयमा जानकारी लिन अनुसन्धान शुरु गरिएको हो ।

अनुसन्धान गर्नुकाे उदेश्यबारे जानकारी दिँदै दायित्व संस्थाका सिभिक इगेज्मेन्ट एसाेसिइट सञ्जु पाैडेल ।
अनुसन्धान गर्नुकाे उदेश्यबारे जानकारी दिँदै दायित्व संस्थाका सिभिक इगेज्मेन्ट एसाेसिइट सञ्जु पाैडेल ।

काठमाडौंको दायित्व संस्थाले यहाँका महिलाहरुको विषयमा मुख्यगरी सात बुदामा केन्द्रीत रहेर प्रतिवेदन तयार पार्ने छन् । अनुसन्धानका सूचकहरुमा नकरात्मक मान्यताहरुको सामना, सकरात्मक रोल मोडलको प्रवर्धन, कानुनी संरक्षणको सुनिश्चिता, विभेदकारी कानून तथा नियमनको सुधार, पैसा नतिरिने र स्याहरको पहिचान, न्यूनिकरण तथा पुनर्वितरणमा अनुसन्धान गर्ने रहेको दायित्व संस्थाका अनुसन्धानकर्ता स्वदीपा बोहोराले जानकारी दिइन् । यस्तै उनका अनुसार डिजिटल, संस्कृति, अभ्यासमा परिवर्तन, रोजगारी तथा खरिदमा सार्वजनिक क्षेत्रको अभ्यासमा सुधार, प्राथमिकता, सामूहिक आवाज तथा प्रतिनिधित्वको सवलिकरणमा पनि अनुसन्धान गरिने छ ।

मुलतः महिलाहरु आर्थिक रुपमा सवलिकरण छन या छैनन भन्ने विषयमा जानकारी लिन तीन जिल्ला छनौट भएको उनको भनाई छ । देशका रुपन्देही, सोलुखुम्बु, काठमाडौं र सुर्खेतमा अनुसन्धान थालिएको छ ।

महिलाको आर्थिक सवलिकरण बारे जानकारी लिन सुर्खेतस्थित सरकारी तथा गैरसरकारी कार्यालयसंग छलफल र स्थलगत रुपमै अध्ययन प्रतिवेदन तयार गरिएको दावी दायित्व संस्थाका कार्यक्रम संयोजक सब्रिना सिंहले बताईन् । सवै क्षेत्रबाट संकलन भएका सुझाव काठमाडौं पुगेपछि यहाँको महिलाहरुको अवस्थाबारे व्यापक छलफल गरिने बताइएको छ ।

लैङ्गिक समानता, महिलाहरुको स्याहारसम्वन्धी कार्य, समान ज्याला, सम्मानित कामको अधिकार सम्वन्धमा महिलाको आर्थिक सवलिकरण सम्वन्धि उच्चस्तिरिय प्यानल २०१६ ले विश्वव्यापी सवाल उठान गरेको थियो । गत सेप्टेम्बरमा प्रकाशित प्रतिवदेदनमा महिलाको आर्थिक रुपान्तरणका प्रमुख माध्यमका सातवटा विषयगत क्षेत्रहरुको पहिचान गरेको थियो ।