☰ open Loading... 20 April 2024|  

छायाँकन हुँदै चलचित्र ‘पंचकोशी मिशन यात्रा’
  | ९ माघ २०७३, आईतवार १९:४५

दैलेख । दैलेखको इतिहास लेख्ने अभियान चलेकै बेला दैलेखको पंचकोशि क्षेत्रको विकासका लागि पंचकोशि क्षेत्रको प्रचार प्रसारका सघाउ पु¥याउने उदेश्यले “पंचकोशि मिशन यात्रा” नामक चलचित्र निर्माण गरिने भएको छ । आइतवार रिपोर्टर्स क्लब दैलेख शाखामा गरिएको पत्रकार सम्मेलनमा चलचित्र सुटिङ्ग सुरु भएको जानकारी दिइएको हो ।

रिपोर्टर्स क्लव दैलेखमा पत्रकारहरुसंग साक्षत्कारमा बोल्दै फिल्मका लेखक तथा निर्देशक ललित भटराई ।
रिपोर्टर्स क्लव दैलेखमा पत्रकारहरुसंग साक्षत्कारमा बोल्दै फिल्मका लेखक तथा निर्देशक ललित भटराई ।

चलचित्रले दैलेखमा रहेको सास्कृतिक सम्पदाहरुको प्रचार प्रसार संगै चलचित्र मार्फत आन्तरिक तथा बाह्य पर्यटकहरुलाई दैलेखमा भित्राउनको लागि सहयोग पुग्ने चलचित्र लेखक तथा निर्देशक ललित भट्टराईले बताए । उनले प्रदेश नंं ६ को मिशन पंचकोशीको द्धार बन्न सक्ने सम्भावना रहेको बताए ।

आफुले २०६१ सालमा चलचित्रको कथा लेखेको भएपछि विविध कारणले गर्दा चलचित्र निर्माण गर्न ढिला भएको बताए । चलचित्रमा केहि काल्पनिक तथा धेरै जस्तो बास्तविक कथालाई समेटिएको उनको भनाई छ । चलचित्रले कलात्मक माध्ययमबाट पंचकोशि क्षेत्रको प्रचार प्रसारमा सहयोग पु¥याउने उदेश्य लिएको छ ।

सरकारी पक्षबाट विभिन्न समयमा दैलेखको श्रीस्थान लगाएतका स्थानहरुमा पेट्रोलियम पदार्थको उत्खनन्का लागि धेरै पटक प्रयास गरिइएको भएपनि अझै पनि ठोस उपलब्धी आउन नसकेको अबस्थामा सरकारलाई दैलेखलाई पर्यटकिय क्षेत्र बनाउनुको साथै पंचकोशि क्षेत्रमा रहेको ग्यास उत्खनन्का लागि सरकारलाई घच्घच्याउन चलचित्रले सहयोग पुर्याउने निमार्ण पक्षले जनाएको छ । चलचित्रमा आफुहरुले यहाँ रहेको तथ्य र प्रमाणहरुलाई समेट्ने निर्माण पक्षले जनाएको छ ।

चलचित्रका कलाकारको भूमिका निर्वाह गर्ने तिलक प्रसाद पण्डितले आफुले पंचकोशि क्षेत्रको आध्यात्मीक, धार्मीक, पौराणीक कथालाई चलचित्रमा समेट्नको लागि प्रंयास गर्ने बताए । पत्रकार सम्मेलनमा बोल्दै दैलेख पर्यटन महोत्सब मूल समारोह समितिका संयोजम विष्णु शर्माले दैलेखमा रहेको पंचकोशि क्षेत्रको प्रचार प्रसारमा चलचित्रले महत्वपूर्ण योगदान पु¥याउने आशा व्यक्त गरे ।

उनले दैलेखको इतिहास लेख्ने कार्य दैलेखका सञ्चारकर्मीहरुले सुरु गरेको बताउदै यो अधियान संग संगै चलचित्र निर्माण गर्न सकेको खण्डमा अझ प्रभावकारी हुने बताए । पत्रकार महासंघ दैलखका उपाध्यक्ष चक्र केसीले दैलेखको पंचकोशि क्षेत्रको प्रचार प्रसारका लागि यस चलचित्र कोशेढुंगा सावित हुने बताए ।

दैलेखको पंचकोशि क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको सरकारी तवर बाट थालिएको उत्खनन्को प्रयासलाई चलचित्रले उठान गर्ने बताइएकोछ । चलचित्रको आरपी पाण्डे र भोजु ललिता भट्टराई निर्माता रहेको छन् । चलचित्रमा आरपी पाण्डे, पण्डित तिलक प्रसाद रिजाल, सुवास गौतम, संचिता कंडेल लगाएतका कलाकारहरुले भूमिका निर्वाह गर्ने बताइएको छ । चलचित्र धुलेश्वर क्षेत्रबाट सुटिङ्ग सुरु गरिने बताइएको छ ।