☰ open Loading... 3 May 2024|  

स्वास्थ्य संस्था नाम मात्रका
  | ११ माघ २०७३, मंगलवार ०९:४२

जाजरकोट । जिल्लाको नायकवाडा स्वास्थ्यचौकीमा कार्यालय सहयोगीसहित ६ जना स्वास्थ्यकर्मीको दरबन्दी भए पनि अनमी लीला शाह मात्र कार्यरत छिन् । स्वास्थ्य सहायक १, अहेब २, अनमी १ र कार्यालय सहयोगी पद रिक्त भएको ६ महिना बितिसक्दा पनि पदपूर्ति नभएपछि अनमी शाह एक्लै पूरै स्वास्थ्यचौकीको बिँडो थाम्न बाध्य छिन् ।

pillsmedicine

रग्दा स्वास्थ्यचौकीमा पनि औषधिको अभाव छ । अनमीले नियमित खोप जेनतेन चलाइरहेकी छन् । अन्य सेवा लामो समयदेखि ठप्प भएपछि केही समयअघि मात्र एकजना स्वास्थ्य सहायक पठाइएको छ । ‘आवश्यक औषधि छैन, जिल्लामा माग गरेअनुसारको औषधि पाइँदैन, कसरी बिरामीलाई दिनुरु ु अनमी सुनकुमारी सिंहले भनिन् ।

रग्दा ४ चौखाका स्थानीय गणेश बानियाँ यहाँका स्वास्थ्यचौकी नाम मात्रका भएको बताउँछन् । ‘यहाँ न स्वास्थ्यकर्मी बस्छन्, न औषधि नै पाइन्छु, उनले भने, ‘उक्त स्वास्थ्यचौकीमा अत्यावश्यक सिटामोट र मेट्रोसमेत छैन ।ु दुर्गमको स्वास्थ्य सेवामा बर्सौंदेखि यस्तै बेथिति छु, उनले भने, ‘औषधि प्रर्याप्त र सबै प्रकारका नहुँदा स्वास्थ्यकर्मीले मात्रा पुर्‍याएर दिँदैनन् ।ु सरकार भने सबै ठाउँमा प्रर्याप्त औषधि र स्वास्थ्यकर्मी भएको दाबी गरिरहेको छ ।

यी दुई स्वास्थ्य संस्थाको अवस्था हेर्दा नै प्रष्ट हुन्छ जिल्लाको स्वास्थ्य सेवा कस्तो अवस्था । २ बजेसम्म काम गर्दै आएका स्वास्थ्यकर्मीको कार्यअवधि बढाएर सरकारले ५ बजेसम्म बनाएको छ तर दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा सरकारी घोषणा कागजमै सीमित छ । नियमित खोप कार्यक्रम, प्रसूति सेवा, उपचार सेवाका साथै सहयोगीको कामसमेत आफैंले गर्नुपर्ने बाध्यता रहेको अनमी शाहले बताइन् । ‘एक्लैले कति काम भ्याउनु रु ु, उनले भनिन्, ‘न त पदपूर्ति हुन्छ न निःशुल्क वितरण गर्ने औषधि नै प्रर्याप्त मात्रामा उपलब्ध छ ।

स्वास्थ्यचौकीमा ३५ प्रकारका औषधि निःशुल्क पाइने व्यवस्था गरे पनि औषधि अभावले सामान्य उपचारका लागि समेत निजी मेडिकलमा जानुपर्र्ने बाध्यता रहेको नायकवाडा २ का श्रमबहादुर सिंहले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभर २ सय ३७ दरबन्दी रहेकोमा १ सय १ स्वास्थ्यकर्मीको पदपूर्ति हुन सकेको छैन । स्वास्थ्य सहायक १८, स्टाफ नर्स १, अहेव २०, अनमी ३२, ल्याब असिस्टेन्ट १ र कार्यालय सहयोगी २७ पद खाली छन् । झण्डै आधा दरबन्दी लामो समयदेखि खाली भएपछि ग्रामीण भेगको उपचार सेवा प्रभावित भएको छ ।

३१ स्वास्थ्यचौकी, ३ प्राथमिक स्वास्थ्य केन्द्र र एउटा जिल्ला अस्पताल रहेको जाजरकोटको स्वास्थ्य सेवा सुधार्न सरकार उदाशीन भएको स्थानीयको आरोप छ । पटकपटक विभिन्न महामारीले सताइरहने जिल्लाको स्वास्थ्य सेवा सुधारका लागि अहिलेसम्म कुनै पहल भएको छैन ।

जिल्ला स्वास्थ्य प्रमुख धीरजंग शाहले जिल्लाका स्वास्थ्य संस्थामा कार्यारत स्वास्थ्यकर्मी जिल्लान्तर भएर गएकाले धेरै संख्यामा रिक्त भएको बताए । ‘लोकसेवामा रिक्त पदको पदपूर्तिका लागि माग गरेका छौं, केही समयभित्रै पदपूर्ति हुन्छु, उनले भने । उनले औषधि भने अभाव नभएको दाबी गरे । केही समय पहिले केही समस्या भए पनि हालै क्षेत्रीय मेडिकल स्टोरबाट औषधि आएकाले जिल्लाका औषधि अभाव भएका सबै ठाउँमा पठाइएको उनले बताए । उक्त औषधि जिल्लाभर बाँड्दा कनिका छराइ मात्र भएको स्वयं स्वास्थ्यकर्मी स्वीकार गर्छन् ।

चालू आर्थिक वर्षको औषधि पनि केही समयमै जिल्लामा आइपुग्ने उनले बताए । स्वास्थ्यचौकीमा ३५, प्राथमिक स्वास्थ्य केन्द्रमा ५५ र जिल्ला अस्पतालमा ७० प्रकारका औषधि निःशुल्क वितरण गर्ने सरकारले जनाए पनि कुनै पनि स्वास्थ्य संस्थामा सबै प्रकारका औषधि नपाइने स्थानीयको गुनासो छ ।

विशेषज्ञ सेवा कहिले ?

सदरमुकामस्थित जिल्ला अस्पतालको कागजी रूपमा स्तरवृद्धि गरिए पनि सेवामा खासै सुधार आउन सकेको छैन । १५ शड्ढयाको जिल्ला अस्पताललाई स्तरवृद्धि गर्दै सरकारले ५० शड्ढयाको बनाउने निर्णय गरेको वर्ष दिन बितिसके पनि अहिलेसम्म विशेषज्ञ सेवा सुरु हुन सकेको छैन ।

विशेषज्ञ सेवा सुरु नहुँदा सामान्य शल्यक्रियासमेत अस्पतालमा हुँदैन । फ्याक्चर भएकाहरू समेत प्लास्टरका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता छ भने प्रसूतिलगायतका सेवा पनि प्रभावकारी हुन नसकेपछि अस्पतालले बिरामीलाई चौरजहारी र नेपालगन्ज रिफर गर्ने गरेको स्थानीयको गुनासो छ ।

अस्पतालका सेवा प्रभावकारी नभएपछि जिल्लाबाहिर जानु पर्दा जिल्लावासीको उपचार सेवा महँगो बन्दै गएको छ । विभिन्न ९ प्रकारका विशेषज्ञ चिकित्सकको दरबन्दी कायम गरिए पनि अहिलेसम्म दन्तसेवाको सर्जनबाहेक कुनै पनि विशेषज्ञ चिकित्सक सरकारले पठाएको छैन ।

जिल्ला अस्पतालका लागि ११औं तहको मेडिकल सुपरिटेन्डेन्ट, बालरोग, स्त्रीरोग, सर्जन, हाडजोर्नी, मानसिक, एनेस्थेयोसिय ९बेहोस पार्ने०, फिजिसियन, रेडियोलोजिस्ट र दन्तरोगसहित ९ जना विशेषज्ञ चिकित्सकसहित ५९ जना स्वास्थ्यकर्मीको दरबन्दीको व्यवस्था गरिएको छ । तर विशेषज्ञसहित ३५ स्वास्थ्यकर्मीको पदपूर्ति नभएको अस्पतालले जनाएको छ ।

जिल्ला अस्पतालमा शड्ढया थप गर्न आएका बेड र ब्लड बैंक स्थापना गर्ने भनेर आएका उपकरण भवन अभावमा गोदाममै थन्किएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। चाँदनी जैसवालले बताइन् । तर सीधै रगत दिने व्यवस्था भने भैरहेको छ । दन्तसेवा र प्रसूति सेवामा पनि पहिलेको भन्दा सुधार भएको डा। जैसवालको भनाइ छ । भौतिक संरचनाको अभावमा अस्पताललाई व्यवस्थित गर्न केही समय लाग्ने उनले बताइन् ।

अस्पतालका सेवा प्रभावकारी नभएपछि जिल्लाबाहिर जानु पर्दा जिल्लावासीको उपचार सेवा महँगो बन्दै गएको छ । विभिन्न ९ प्रकारका विशेषज्ञ चिकित्सकको दरबन्दी कायम गरिए पनि अहिलेसम्म दन्तसेवाको सर्जनबाहेक कुनै पनि विशेषज्ञ चिकित्सक सरकारले पठाएको छैन ।

-अन्नपूर्ण पाेस्ट