☰ open Loading... 20 April 2024|  

अाठ महिना बित्दा पनि बनेन एक्सरे मेसिन
  | ११ माघ २०७३, मंगलवार ०९:५५

बिग्रिएको आठ महिना बितिसक्दा पनि जिल्ला अस्पताल बिजुवार प्युठानको भिडियो एक्सरे मेसिन अझैसम्म मर्मत गरिएको छैन । जिल्लाका दुरदराजबाट अस्पतालमा सेवा लिन आउने सेवाग्राही झण्डै दोब्बर शुल्क तिरेर निजी क्लिनिकमा भिडियो एक्सरे गर्न बाध्य भएका छन् ।

713VSM_index

बिरामीले सरकारी अस्पतालमा जाँच गराएर निजीमा भिडियो एक्सरे गर्ने गरेका हुन् । अस्पतालमा चार सय रुपैयाँमै गर्न सकिने भिडियो एक्सरे निजी क्लिनिकमा साढे सात सय रुपैयाँ तिुर्न परेको सेवाग्राहीको गुनासो छ ।

‘सुत्केरी हुने समय नाघेपछि श्रीमतीको भिडियो एक्सरे गर्न आएको हुँु, धुवाङ(२ गोलजानी प्युठानका सुरेश सापकोटाले भने, ‘अस्पतालका डाक्टरले निजी मेडिकलमा जानुस् भनेर पठाउनुभयो ।

सक्रिय फर्मा अगाडि भेटिएका सापकोटाले अस्पतालका डाक्टरले दिएको पर्चा लिएर मेडिकलमा आएको बताए । ‘सात सय ५० रुपैयाँमा श्रीमतीको भिडियो एक्सरे गराएँु, सापकोटाले भने । डाक्टरले भिडियो मेसिन बिग्रिएको भनेर फर्काएको २१ वर्षीया उनकी श्रीमती शान्ता सापकोटाले बताइन् । ‘पहिले आउँदा पनि बिग्रिएको थियोु, उनले भनिन्, ‘अहिले पनि त्यस्तै रहेछ ।

अस्पताल व्यवस्थापनको हेलचेक्र्याँईले गर्दा आयस्रोत कमजोर भएका जिल्लाका दुर्गम गाउँका बिरामीलाई झन् बढी आर्थिक भार थपिने गरेको छ । ‘अस्पताल विकास समितिको गैर जिम्मेवारीपनले गर्दा गाउँका बिरामीले दुःख पाएका छन्ु, अस्पताल परिसरमै भेटिएका बाग्दुलाका व्यवसायी सुवासचन्द्र भण्डारीले भने, ‘जनताको पीडा कसले सुन्ने रु ु गाउँबाट सेवा लिन आएका सोझा जनताले प्रत्यक्ष मार खेपिरहेको उनको भनाइ छ ।

भिडियो एक्सरे मेसिन बिग्रिएको यतिका समय हुँदासमेत अस्पताल व्यवस्थापन समितिले मर्मत वा नयाँ मेसिन खरिद गर्ने विषयमा तदारुकता नदेखाएको उनले बताए । ‘आठ महिना भइसक्यो जिल्ला अस्पतालमै भिडियो एक्सरे मेसिन नभएकोु, भण्डारीले भने, ‘जिल्लाका राजनीतिक दलहरूले यसमा चासो देखाउनुपर्छ ।

आमाको उपचारका लागि अस्पताल पुगेका प्युठान नगरपालिका(१८ खैराका हेमराज खनालले डाक्टरले जाँच गरेर निजी क्लिनिकमा भिडियो एक्सरे गर्न पठाएको बताए । ‘सुश्री मेडिकल हलमा आमाको भिडियो एक्सरे गरायौँु, खनालले भने, ‘अस्पतालले बिग्रेको छ भनेर पठायो ।

अस्पतालको मेसिन बिग्रिएपछि जिल्ला अस्पतालमै कार्यरत डाक्टरहरूले निजी क्लिनिकमै पुगेर बिरामीको भिडियो एक्सरे गर्ने गरेका छन् । अस्पतालनजिकै सञ्चालन भइरहेका सक्रिय फर्मा, कालिका मेडिकल हललगायत क्लिनिकमा पुगेर डाक्टरहरूले बिरामीको जाँच गर्ने गरेका हुन् ।

अस्पताल विकास समितिको नयाँ अध्यक्ष नआएसम्म भिडियो एक्सरे मेसिन नबन्ने अस्पतालका मेडिकल सपुरिटेन्डेन्ट डा।कृष्ण शाहले जानकारी गराए । ‘एकपटक मर्मत गरेको होु, उनले भने, ‘तर त्यसले पनि काम गरेन ।ु नयाँ मेसिन खरिदका लागि विभागमा माग गरे पनि सुनुवाइ नभएको उनले गुनासो पोखे । सेवाग्राहीले अस्पतालको अन्य सेवाका विषयमा पनि गुनासो गर्ने गरेका छन् ।

व्यवस्थापन समितिको गैर जिम्मेवारीले गर्दा लामो समयदेखि बिरामीले सास्ती खेप्नु परेको गुनसो बढ्दै गएको छ । भर्ना भएका बिरामीलाई खाना नखुवाउने, औषधि नपाइने र अस्पतालपरिसरमै थुपारिएको फोहोरले बिरामीलाई थप समस्या हुने गरेको गुनासो सेवाग्राहीको छ ।

-अन्नपूर्ण पाेस्ट