☰ open Loading... 2 May 2024|  

संविधान कार्यान्वयनमा सरकार लागेकाे छ : सिंचार्इमन्त्री गिरी
  | ११ माघ २०७३, मंगलवार १२:००

सिंचाई मन्त्रि दिपक गिरीले सरकार सविंधान कार्यान्वयनमा केन्द्रित रहेको बताएका छन । संसदामा दर्ताभएको सविंधान संसोधन विधेक टेवुल गरि सरकार स्थानिय तहको निर्वाचन गर्ने तयारीमा रहेको मन्त्री गिरीको भनाई थियो ।

रिपोर्टस क्लव दाङले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सिचाई मन्त्री गिरीले नयाँ सविंधानको कार्यान्वयन र लोकतन्त्रको संस्थागतका लागि नेपाल सरकार का प्रधानमन्त्री पुष्पकमल दाहल र नेपाली काँग्रेसका अध्यक्ष शेरवहादुर देउवा सवैराजनैतिक दलहरुको सहमतिका लागि प्रयासरत रहेको दावी गरे ।

समंक्रणकालको अन्त्य र नयाँ सविंधानको कार्यान्वयन गरी लोकतन्त्रको संस्थागतका लागि सविंधान संसोधन विधेक पास गर्नु अहिलेको आवश्यक्ता रहेको सिंचार्इमन्त्री गिरीकाे भनाइ छ ।