☰ open Loading... 26 October 2024|  

पचास लाखमा शैक्षिक भवन निर्माण
  | ११ माघ २०७३, मंगलवार १८:४४

शिक्षक महासङ्घ तथा शिक्षा सम्बन्धी सरोकारवालाको संयुक्त पहलमा करिब रु ५० लाखकोलागतमा बहुउद्देश्य शैक्षिक भवन निर्माण गरिएको छ । शिक्षकको तालिम, सम्मेलन तथा शिक्षासम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्नका लागि उक्त भवन निर्माण गरिएको हो ।

शिक्षकको छाता सङ्गठन शिक्षक महासङ्घको अग्रसरतामा निर्माण भएको सो भवनका लागि जिल्ला शिक्षा कार्यालय, जिल्लाका उच्च मावि, माध्यमिक र निम्नमाध्यमिक विद्यालय, परीक्षा समिति, स्रोत केन्द्रलगायतले आर्थिक सहयोग गरेका शिक्षक महासङ्घका जिल्ला अध्यक्ष शेरबहादुर थापाले जानकारी दिए ।

सो भवनको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यक्रममा नेपाल शिक्षक महासङ्घका केन्द्रीय अध्यक्ष केशव निरौलाले शिक्षा गुणस्तरीय भएमात्रै देशमा दक्ष जनशक्ति उत्पादन हुने बताए । उनले सरकारले शिक्षामा पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिए ।