रक्षामन्त्रि बालकृष्ण खाँडले सवै दललाई मिलाएर वर्तमान राजनितिक गतिरोधको अन्त्य गरिने बताएका छन । रिपोटर्स क्लब नेपाल दाङ शाखाले तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्रि खाडले सवैदललाई सहमतिमा ल्याएर संबिधान संसोधन तथा स्थानिय निकायको निर्वाचन गरिने बताए ।
नेपालमा दलहरु अन्तिम समयमा आएर मिल्ने ईतिहास वनेको भन्दै मन्त्रि खाँडले वर्तमान राजनितिक निकास निकाल्न चाडै सहमति हुने दावी उनकाे छ । देशको बिकास र वर्तमाननिकास बाट अगाडि वढाउनका लागी दलहरुका बिचमा सहमति हुनुको बिकल्प नरहेको उनको भनाई छ ।
संबिधान संसोधन प्रस्तावमा अन्तिम समयमा सहमति हुनेमा विश्वास उनकाे छ । अर्को प्रशंगमा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका मन्त्रि खाडले प्रदेश नम्वर ५ मा पहाडी जिल्लाहरुलाई पनि राखिनु पर्ने धारणा छ ।
उनले लुम्विनिको बिकासका लागी र लुम्विनिको गरिमालाई अझै उचो राख्नका प्रदेश नम्वर ५ बाट लुम्विनिका पहाडी जिल्लाहरुलाई छुटाउन उनले बताए । लुम्विनि बिश्वको केन्द्र भएको भन्दै यसलाई अझै माथि उठाउन लुम्विनिका पहाडि जिल्लाहरुलाई संगै राख्नु पर्ने जोड उनकाे छ ।