☰ open Loading... 23 December 2024|  

मेसिन भित्रिदा उद्यमी खुसी
  | १२ माघ २०७३, बुधबार १८:०२

खोला तथा वनपाखामा खेर गई सडेर कुहिएर जाने बिषालु घाँस अल्लो प्रशोधन गरी धागो निकाल्ने मेसिन जिल्लामा भित्रने भएपछि यहाँका उद्यमी आम्दानीको स्रोत बढ्ने भन्दै हर्षित भएका छन् ।

हालै उद्योग मन्त्रालयले सुदूरपश्चिमका डडेल्धुरा र दार्चुलामा अल्लो प्रशोधन गर्ने मेसिन उपलब्ध गराउने भने पछि स्थानीय अल्लो उद्यमी खुसी भएका हुन् । प्रशोधन गर्ने मेसिन राखिने भए पछि जिल्लाको पहिचान अल्लोले गराउने भन्दै स्थानीय उद्यमी खुसी भएका हुन् ।

अल्लोको मौसमअनुसार सदुपयोग भएन भने स्वतः नष्ट भएर जान्छ । उद्योग मन्त्रालयले स्थानीयस्तरमा नै अल्लो प्रशोधन गर्न मेसिन राख्ने निर्णय गरेपछि अल्लो उद्यमीसमेत बढ्ने गाङ्खेत–१ का उद्यमी कुन्तीदेवी थापामगर बताउँछिन ।

उद्यमीले आफैँ अल्लो काट्ने, सङ्कलन गर्ने, खोलामा भिजाउने, कुट्ने पिट्ने, पकाउने छान्ने सुकाउने र रेसा धागो बनाउने, कच्चा पदार्थ उत्पादन गर्ने कार्य आफै गर्दै आएका छन । झोला, कोट पाइन्टका कपडा उत्पादन गरी बजारमा बिक्री गर्दै आएकी छन । गत वर्ष तीन क्विन्टल तथा यस वर्ष सात क्विन्टलभन्दा बढी अल्लोको धागो बिक्री गरेको थापामगरले बताइन ।