☰ open Loading... 7 September 2024|  

गुटुका तरुणदल सभापतिमाथि अज्ञात समूहको अक्रमण
  | १४ माघ २०७३, शुक्रबार ०८:२२

सुर्खेत । गुटु गाविसका तरुण दल सभापति माथि अज्ञात समूहरुले आक्रमण गरेको छ । सडक तथा नाला निर्माणको उपभोक्ता समुहको रकम झिकेर स्वस्तिक होटलमा बसेका दिपेन्द्र जाेेशीलाई अज्ञात समहूले गएराती आक्रमण गरेको हो ।

jc
वीरेन्द्रनगरको विशाल बजार सडक निर्माण उपभोक्ता समितिका पदाधिकारीसहित होटलमा बसिरहेको अवस्थामा आक्रमण भएको तरुण दल सुर्खेतका सभापति हरि विष्टले जानकारी दिए ।

राष्ट्रिय बाणिज्य बैंकबाट उपभोक्ता समूहको १८ लाख ९९ हजार ९ सय रुपैयाँ गन्दै गरेको अवस्थामा आक्रमण भएको विष्टको भनाई छ । जाेशीसंग रहेको ११ लाख ४९ हजार ९ सय रुपैयाँ लुटिएको विष्टले जानकारी दिए ।

घरेलु हतियारको आक्रमणबाट घाइते जाेेशीको माया नर्सिङ्ग होममा उपचार भइरहेको छ । उनको टाउको र मुखमा चोट लागेको छ । यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतले अज्ञात समूहको खोजी जारी रहेको बताएको छ ।