☰ open Loading... 25 February 2025|  

स्थानीय तहको निर्वाचन अविलम्ब होस् ः उपाध्यक्ष रावल
  | १५ माघ २०७३, शनिबार १९:१८

पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले स्थानीय निकायको निर्वाचन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिएका छन ।

कञ्चनपुरको भीमदत्तनगरमा शनिबार नेपाल उद्योग तथा व्यवसायी महासङ्घको प्रदेश नं ७ स्तरीय भेलाको उद्घाटन गर्दै उपाध्यक्ष रावलले तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुन नसके मुलुकको राजनीति अप्ठ्यारोमा पर्ने बताए ।

“दिगो शान्ति, राजनीतिक स्थायित्व, जनताको हकअधिकारका लागि पनि निर्वाचन गर्नुपर्छ ।” रावलले भने– “नेकपा (एमाले) तत्काल निर्वाचन गराउन माग गर्दछ ।” वर्तमान सरकारले राष्ट्रिय हितविपरीत क्रियाकलाप गरिरहेको आरोप लगाउँदै उहाँले स्वाभिमानलाई कमजोर हुन नदिन प्रतिपक्षी दल एमालेले व्यवस्थापिका–संसद् अवरुद्ध गर्नुपर्ने बताए ।

“संविधान स्वाभिमान बचाउन ल्याइएको हो ।” रावलले भने–“स्वाभिमान कमजोर पार्न र एकताबद्ध भएको तराई, पहाड–हिमाललाई टुक्र्याउन होइन ।” संविधान संशोधन जनताको इच्छा, आकाङ्क्षा नभएको दाबी गर्दै उनले राजनीतिक स्थिरता हुन नदिने षड्यन्त्र भइरहेको धारणा राखे । संविधान संशोधन गरेर कुनै समस्या समाधान नहुने उनको भनाइ थियो ।