☰ open Loading... 26 October 2024|  

निर्वाचन एकमात्र विकल्प – सचिव भट्टराई
  | १७ माघ २०७३, सोमबार १६:३८

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले संविधान कार्यान्वयनका लागि निर्वाचन एकमात्र विकल्प भएको बताएका छन । प्रेस चौतारी नेपालको १९ औँ स्थापना दिवसका सन्दर्भमा साेमबार आयोजित कार्यक्रममा उनले भने – “संविधान संशोधन मुलुकको आवश्यकता होइन, यो हठातमा ल्याइएको राजनीतिक चालबाजी मात्र हो ।”

सचिव भट्टराईले संविधान निर्माणपछि मुलुक राजनीतिक धु्रवीकरणमा जानु राम्रो सङ्केत नभएको बताउँदै संविधान कार्यान्वयन गर्न सकिए धु्रवीकरण पनि स्वतः अन्त्य हुन्छ भने ।

चौतारीका बाँके जिल्ला अध्यक्ष, हेमन्त विकको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सूर्य थापा, प्रचार विभाग सचिव विष्णु रिजाल र चौतारीका केन्द्रीय सदस्य भेषराज बस्नेतले पनि मन्तव्य व्यक्त गरेका थिए ।