☰ open Loading... 26 October 2024|  

ग्रामिण भेगमा पुग्याे अटाे रिक्सा, यात्रामा सहज
  | २० माघ २०७३, बिहीबार ०९:४६

तल्लो डुंगेश्वर–सियाकोट खण्डमा सवारी साधन नहुँदा सास्ती भोग्दै आएका यात्रुले अटोरिक्साबाट सेवा पाउन थालेका छन् । ८ किलोमिटर खण्डमा यातायातका साधन नचल्दा यात्रुले जंगलको बाटो त्रासैत्रासमा पार गर्नुपर्ने बाध्यता थियो ।

Auto-Rikas

सिंहासैनकी मीना शाहीले अटोरिक्साले यात्रा धेरै सहज बनाएको बताइन् । ‘हिँडेर एक/डेढ घण्टा लाग्थ्यो । अब हिँड्नु र चोरी लुटपाटको त्रास रहेन,’ उनले भनिन्, ‘यातायात समितिलाई छोटो दूरीमा सवारी सञ्चालन गर्न अनुरोध गरे पनि सुनुवाइ भएको थिएन ।’

रिक्सा तल्लो डुंगेश्वरका व्यवसायी धर्मबहादुर रावलले चलाएका हुन् । जिल्लाको पश्चिमी भेगबाट सदरमुकाम आउजाउ गर्न सहज भएको स्थानीयको भनाइ छ ।

जंगलको बाटोमा गाडी नपाउँदा यात्रुले लामो समयदेखि सास्ती भोग्दै आएका थिए । अटो रिक्साले एक पटक सात जनासम्म यात्रा गराउने गरेको छ । प्रतिव्यक्ति १ सय १० रुपैया लिने रिक्सालाई यात्रु बोक्न भ्याइनभ्याइ छ ।