☰ open Loading... 20 September 2024|  

धर्मशाला निर्माण
  | २१ माघ २०७३, शुक्रबार ०६:५७

दाङ । यहाँका एकजना दाताले दाङको तुलसीपुर–१९ शीतलपुुर मन्दिर नजिकै धर्मशाला निर्माण गरेका छन् । रु छ लाखको लागतमा नारायणप्रसाद गौतम र शान्ता गौतमले बनाएको धर्मशाला चार कोठाको रहेको छ ।

रातबिरातमा आउने यात्री तथा मन्दिरमा रहने भक्तजनलाई बस्न सुुविधाका लागि धर्मशाला निर्माण गरेको दाता गौतमले बताए । सो धर्मशालाको नेपाल संस्कृत विश्वविद्यालय वेलझुुन्डिका उपकुुलपति कुुलप्रसाद कोइरालाले उद्घाटन गरेका छन ।

बनाएको धर्मशाला स्थानीय सिद्धेश्वर शिवमन्दिर व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुुर गिरीलाई दाता गौतमले हस्तान्तरण गरिएकाे छ ।