घटना नम्वर १ : २०७२ फागुन २४ गते ३ बजेर ५० मिनेटमा सात्तलाको रामघाटमा धुन ल्याएको माथिल्लो कर्णाली जलविद्युत आयोजनाका गाडीमा आगजनी प्रयास भयो । आगजनीमा संलग्नहरु छिनभरमै गायव भए । केही समयमै आजगनीबाट सामान्य क्षती भएको बा८ज १५८५ नम्वरको गाडी चढेर असुरक्षित महसुस नगरेर कर्मचारीहरु सुर्खेत हानिए । त्यसअघि धुनका लागि रामघाटमा कहिल्यै ल्याईन्थेन् ।
घटना नम्वर २ : माघ ११ गते दिउँसो २ ः २० बजे सुर्खेतदेखी ड्याम साईट जादै गरेको जिएमआरको विगतमा रामघाटमा आगजानी प्रयास भएको बा८ ज १५८५ नम्वरकै गाडीमा सामान्य ढुंगा प्रहार भयो । गाडीको बायाँ सिसा र पछाडी सिसा फुट्यो । कर्मचारीकै सामुन्नेबाट ढुंगा प्रहार गर्ने भागे । तर, कर्मचारीले चिनेनन् । गाडीमा चढेका कर्मचारीले ढुंगा प्रहार गरेकाहरुलाई पछाडीबाट मात्र देखेको प्रहरीलाई बयान दिए ।
यी दुई घटनाले असुरक्षित हुँदाहुँदै पनि कर्मचारी सुरक्षित महसुस गरेर हिडनु, सामुन्नेबाट आक्रमण गरेका आक्रमणकारीलाई पनि नदेख्नु, आक्रमणकारी पक्राउ नहुँनुले पनि घटना कस्ले गराएको हो भनेर शंकाको घेरामा रहेको छ । घटना सामान्य हुनु र आक्रमणकारी भाग्नुले पनि अनुसन्धानमा निकै गाह्रो भएको जनाईएको छ । यसअघि सात्तलाको रामघाट खोलामा जिएमआरको गाडी धुने क्रममा आगजनी प्रयासबाट गाडीमा सामान्य बाहेक क्षती भएन् । प्रहरीले अनुन्धान नहुँदै जिएमआरकै त्यही गाडी चढेर सुर्खेत जानुले घटना रहस्यमय बनाएको थियो ।
प्रहरी अधिकारी भन्छिन् ः विरोधी दल वा अन्य निकायबाट असुरक्षित छु भन्ने थाहा हुँदाहुँदै पनि कर्मचारीले ढुक्कसंग आजगनी गरेको गाडी चढ्नु रहस्यमय छ । त्यस्तै त्यही घटनामा २ किलोमिटर नजिक रहेको सशस्त्र प्रहरी वलका उच्च अधिकारी पनि घटनास्थलमा आएनन् ।
घटनाको धेरै पनि मात्र नजिकै रहेको शसस्त्र प्रहरी पुगेका थिए । नेपाल प्रहरी ४ किमी टाढा रहेपनि घटनास्थलमा शसस्त्र प्रहरीभन्दा छिटा आएका थिए । शसस्त्रसंग गाडी छ तर, प्रहरीसंग छैन् ।
तत्कालिन दैलेख प्रहरी प्रमुख डिएसपी वीरबहादुर ओलीले आफु घटनास्थलमा अनुसन्धान गर्न जानुअघि नै जिएमआरका कर्मचारी गाडी चढेको गएको बताए । अनुसन्धान हुनुअघि आफुखुसी गाडी चढेर कर्मचारी जानुले घटना रहस्यमय हुनसक्ने उनले आशंका थियो ।
माघ ११ गते भएको जिएमआरको गाडीमा दोस्रो आक्रमणमा पनि रहस्यमय नै भयो । घटनास्थल नजिकै ३ प्रहरी चौकी छन् तर, आक्रमणकारी फेला नै परेनन् । प्रहरी चौकी माथिल्लो डुंगेश्वर, तल्लोडुंगेश्वर र रानीमत्ता प्रहरी चौकी रहेका छन् ।
यी तिन नाका बाहेक अन्य नाकाबाट भाग्ने ठाँउ नै छैन् । दैलेख प्रहरी प्रमुख (डिएसपी) केदार रजौरेले घटना योजनावद्ध रहेको बताए । उनी आफै घटनास्थलमा दुई दिन बसेर अनुसन्धान गरे । आक्रमणकारीलाई पक्राउ गर्न चौतर्फी खोजी भएको उनको भनाई छ ।
यता माथिल्लो कर्णाली जलविद्युत आयोजनाको विरोध गरिरहेका दलहरुले आफुहरु घटनाबाट बेखवर रहेको बताए । आफुहरु घटनामा संलग्न नरहेको उनीहरुले स्पष्टी दिएका छन् । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष कविराज खत्रीले घटनामा विरोधी दलहरु संलग्न नभएको बताए ।
जिएमआर आफैले घटना घटाएर सरकारलाई दवाव दिनका लागि हुनसक्ने उनको ठम्माई छ । निर्माणका लागि वित्तिय ब्यवस्थापन नहुँदा विभिन्न प्रभकाण्डा मच्चाईरहेको विरोधीहरुले भनाई छ । माथिल्लो कर्णाली जलविद्युत आयोजनाका कर्मचारीहरुले नियोजित रुपमा आफुहरुलाई तर्साउन आक्रमण हुने गरेको प्रतिक्रिया दिएका छन् ।
९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजना केही समय शान्त छ । अछाम र दैलेखको सीमा भएर बग्ने कर्णाली नदीमा ५८.४ मिटर अग्लो बाँध बाँध्ने र २ सय मिटर लम्वाई हुने जनाईएको छ ।