☰ open Loading... 16 September 2024|  

अार्थिक अभाव हुँदा शिक्षकलाइ तलब खुवाउन अजम्बरी कोष
  | २२ माघ २०७३, शनिबार १५:३७

सल्यान । पछिल्लो समय सामुदायिक बिद्यालयमा शिक्षाको गुणस्तर खस्किदैँ गएको कुरा चारै तीर बाट आउन थालेका छन् । सरकारी बिद्यालयमा पढाईलेखाई तथा गुणस्तर नहुने भन्दै निजि बिद्यालय तर्फ अभिभाबकहरुको आकृर्षण बढ्दैँ गएको छ । सरकारी बिद्यालय भन्दा निजि बिद्यालयको पढाई पनि राम्रो हुने अभिभाबक तथा बिद्यार्थीहरु बताउछन् ।

तर सल्यानमा भने सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागी अभिभाबकहरु सक्रिय भएका छन् । शिक्षक, बिद्यार्थी र अभिभाबक गरी त्रिपक्षिय रुपमा सहकार्य गर्दै अगाडी बढे सामुदायिक बिद्यालय बाट पनि गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने उनीहरुको भनाई छ ।

जिल्लाको दमाचौर नब बुराँसे टाकुरीमा रहेको जनता माद्यामिक बिद्यालयले शैक्षिक सुधार र बिद्यालयको दिगो बिकासका लागी अजम्बरी कोष स्थापना गरेको छ । बिद्यार्थीको उज्ज्वल भबिष्यका साथै शैक्षिक परिबर्तनका लागी बिद्यालयमा ‘कसमसु’ अजम्बरी कोष स्थापना गरिएको बिद्यालयका प्रधानाध्यापक लाल सिंह वलीले बताए ।

जिल्ला शिक्षा कार्यालय बाट प्राबि सम्मको स्वीकृति पाएको बिद्यालय हाल बिद्यार्थी र अभिभाबकको माग अनुसार कक्षा नाैँ सम्म सञ्चालन गरिएको उनले बताए । उक्त बिद्यालयमा निमाबिको लागी एक राहत दरबन्दी रहेको छ ।

शिक्षा कार्यालयले आबश्यकता अनुसारको दरबन्दी नदिनु, स्थानिय स्तर बाट निजि शिक्षक राखेर तलब खुवाउने अबस्था नहुनु र बिद्यालयलाई यसै शैक्षिक सत्र देखी कक्षा दश सम्म सञ्चालन गर्ने गरी बिद्यालयमा अजम्बरी कोष स्थापना गरिएको बिद्यालय स्रोतले जानकारी दिएको छ ।

कोष बाट आएको रकमले निजि शिक्षकलाई तलब खुवाउने, भौतिक संरचना निर्माण गर्ने र शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ । झण्डै ५० लाखको कोष स्थापना गर्ने उद्देश्यका साथ आफु लागेको बिद्यालय स्रोतले जानकारी दिएको छ ।

अहिले कोषमा ९ लाख बढी रकम जम्मा भएको छ । जसमा झ्याम बुरासे लहरे नाच समितीले ७ लाख २ हजार ५ रुपैँया र स्थानिय अन्य बुद्धिजीबिको बाँकी गरी गरी ९ लाख बढी जम्मा भएको हो ।

बिद्यालयमा माबि सञ्चालन गर्ने र शैक्षिक सुधार लगाएतका काम गर्ने ध्येयका साथ ७ लाख बढी रुपैँया जम्मा गरेको झ्याम बुराँसे लहरे नाच समितीका अध्यक्ष धर्मराज वलीले जानकारी दिए । उनले भने–“आफ्नो बिद्यालयको शैक्षिक सुधारका लागी अरुको मुख ताकेर बस्नु भन्दा सबैले हातेमालो गरेर अगाडी बढे सफलता मिल्छ ।” आफ्नै ठाउँमा माबि सम्मको शिक्षा आर्जन गर्न पाउने भन्दै उक्त बिद्यालयका बिद्याथी खुसी भएका छन् ।